होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका […]
बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा […]
धनगढीः डोटी र डडेल्धुरामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यालय प्रमुख मेखराज […]
अछाम, १० भदौ। आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडियो खिच्ने नातीलाई अछाम प्रहरीले सम्मान गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई प्रहरीले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ। दीपेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सुदूरपश्चित प्रदेश सरकारका आन्तरिक मामिला तथा […]
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । सत्तारुढ आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, […]
धनगढी: बैतडीमा छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो। जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको […]
मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा-८ कमानेकी आसमाया देउला हरेक दिन विहान साढे ३ बजे उठ्छिन् । विहान उठेपछि उनको पहिलो काम सडक बढार्ने हो । साढे ३ बजेबाट सारा बजार क्षेत्रका सडक बढारेपछि उनी ८/९ बजे घर पुग्छिन् । अनि सुरू हुन्छ उनको घरको सरसफाइ । आफू बस्ने घरभन्दा पहिले सडकको सरसफाइमा लाग्ने आसमायाले विगत २९ […]
काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारलाई आफ्ना आयोजना र कार्यक्रमहरुबाट ‘मोनोरेल’ शब्द नै हटाउन निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले विश्वका अधिकांश मुलुकहरुबाट विस्थापित भइसकेको मोनोरेल नेपालको राष्ट्रिय गौरवको आयोजना ‘रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना’को नामबाट ‘मोनोरेल’ शब्द हटाउन भनेको हो । ‘यस (मोनारेल) अन्तरगतका बजेट तथा कार्यक्रमहरु समेत राखिरहन […]
बुटवल । राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउँदै आएको रुपन्देही-२ को निर्वाचनलाई सधैं चासोका साथ हेरिन्छ । यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो । २०५४ सालयताका सबै चुनाव जितेको एमालेविरुद्ध यसपटक सत्तारुढ ५ दलसहित ६ दलको गठबन्धन बन्दैछ । यो क्षेत्र सत्तारुढ गठबन्धनमध्ये कुन दलको भागमा पर्छ भन्ने टुंगो लागेको छैन […]
नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेका महासचिव धमलाले जानकारी […]
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् । बिहीबार ट्वीट गर्दै डा.भट्टराइएले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन ।’ नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै […]
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् । साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि […]
काठमाडौं । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना दिवस मनाउँदैछ । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ । पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट […]
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको […]
डाेटी — उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरीकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ वर्षीया जानकी बाेहरा खडायतकाे मृत्यु भएकाे हाे । उनी आफैं पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् । बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे […]
काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् । गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ । […]
काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका […]
डोटी। सरकारले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे पनी चुनावी चर्चा निकै चुलिएको छ । एकातिर सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने अर्को तर्फ प्रतिपक्षी नेकपा (एमाले) एक्लै मैदानमा हुने देखिएको छ। […]
धनगढीः सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेलाबखत भाइरल हुन्छन्। अहिले त्यस्तै भाइरल भइरहेको छ ऋृषि धमलापत्नी एलिजाको सारी डान्स। एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले भाइरल छ। उक्त भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आएर डगी पोजमा चार हातखुट्टा टेकेर हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट छ। यस्तै […]
धनगढीः सामाजिक सञ्जालमा अहिले अछामको एउटा भिडिओ भाइरल छ। सो भिडिओ जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ स्थित तोलीको एक परिवारमा घटेको घटनाको हो। अछामकै पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले सो भिडिओ पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। भिडिओमा २ महिलाले एक वृद्धा महिलामाथि कुटपिट गरेर यातना दिएको देखिन्छ। भिडिओ सार्वजनिक गर्ने तर्क […]