होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण […]
काठमाडौं । पछिल्लो केही दिनयता क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेको चर्चा विश्वभरको सञ्चारमाध्यममा छ । युनाइटेड आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै लागि क्लब छाड्न खोजेको बताइन्छ । तर, उनले अहिलेसम्म उपयुक्त विकल्प पाएका छैनन् । नयाँ सिजनअघि प्रि–सिजन टूरमा पनि रोनाल्डो सहभागी भएनन् । यसमा उनले पारिवारिक कारण देखाए […]
झापा साउन १२ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृह जिल्ला झापामा रहनुभएको छ । कार्यकर्ता भेटघाटमा ब्यस्त रहनुभएका ओलीले बिहान विर्तामोडमा आज बिहान व्याटमिन्टन खेल्नुभएको छ । स्वस्थ्य शरिरका लागि खेलकुद आवश्यक रहेको सन्देश दिनका लागि उहाँले व्याटमिन्टन खेल्नुभएको हो ।
स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि ३९ औं मिनेटमा मोइस […]
काठमाडौं । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरी नेपालले साफ यू–२० च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल […]
काठमाडौं । म्यानचेष्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक भएको छ । जसअनुसार युनाइटेड आफ्नो सुपर स्टारलाई क्लब छाड्न अनुमति दिन सक्छ तर त्यसका लागि शर्त पूरा गर्नुपर्नेछ । पोर्चुगलका रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिनका लागि शर्त राखेको छ । युनाइटेडसँगको सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका […]
पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पूरा गरेका छन्। उनी र बार्सिलोनाबीच ५० मिलियन युरोमा चार वर्षका लागि सम्झौता भएको छ। सम्झौतासँगै प्रिसिजन भ्रमणमा अमेरिकामा रहेको बार्सिलोनाको टिममा लेवान्डोस्की सामेल भएका छन्। जर्मन क्लब बायर्न म्युनिखसँग एक वर्ष सम्झौता बाँकी रहेका ३३ वर्षीय लेवान्डोस्कीले गत महिना जर्मन च्याम्पियनलाई आफूले क्लब छाड्न चाहेको बताएका […]
२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका छन् सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् । उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले […]
काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ आयोजक राष्ट्रको […]
काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ । फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन् । स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन […]
काठमाडौं । विश्व फुटबलमा लगातार डेढ दशक राज गरेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कुनै बेला भित्र्याउन क्लबहरु तँछाडमछाड गर्थे । पाँच पटकका बालोन डे’ओर विजेता ३७ वर्षीय रोनाल्डोको समय अहिले फेरिएको छ । पोर्चुगलका यी स्टार अहिले आफैं क्लब खोज्नुपर्ने अवस्थामा पुगेका छन् । रोनाल्डो हाल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा आबद्ध छन् । युनाइटेडमा उनको सम्झौता […]
काठमाडौँ — बलरहरूको उच्च प्रदर्शन र आसिफ शेखको सानदार अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लिग २ मा बुधबार स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । स्कटल्यान्डमाथि नेपालको यो पहिलो विजय हो । राष्ट्रिय टोलीको संरचनामा नेपालले यसअघि स्कटल्यान्डलाई पराजित गर्न सकेको थिएन् । आसिफले ६२ बलमा ७१ रन बनाएपछि नेपालले १ सय ४५ रनको लक्ष्य २५.१ […]
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न ६ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धि मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्ति सम्बन्धी मुख्य योजना बनाएको छ । महिला साफ काठमाडौंमा आयोजना […]
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रहेको सार्वजनिक भएको छ । नयाँ सिजनको सुरुवातअधि नै कुनै क्लबले राम्रो रकमको प्रस्ताव गरेमा उनले युनाइटेड छाड्न चाहेको बीबीसीले उल्लेख गरेको छ । ३७ वर्षीय फरवार्ड गत सिजनको सुरुवातदेखि इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुगेका थिए ।उनी गत सिजन युनाइटेडका लागि सर्वाधिक […]
काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् । वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा […]
काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले तयारी राम्रो गरेको भन्दै जितको शुभकामनासहित टिमलाई बिदाइ गरेका छन् । मलेसियामा टीवाईटी कपमा दुई खेल खेलेपछि टोलीले थाईल्यान्डमा […]
काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने । १० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको […]
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले जवाफी […]
काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ । बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइने । तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस […]