होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इंग्लिस प्रिमियर लिगका खेल अगस्ट ५ देखि
समाचार

इंग्लिस प्रिमियर लिगका खेल अगस्ट ५ देखि

  • नागरिक रैबार
इंग्लिस प्रिमियर लिगका खेल अगस्ट ५ देखि

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२-२३ को खेलतालिका सार्वजनिक भएको छ ।प्रिमियर लिगले बिहीबार आगामी सिजनको लागि खेलतालिका सार्वजनिक गरेको छ । प्रिमियर लिगको यो सिजनको पहिलो खेल अगष्ट ५ मा आर्सनल र क्रिस्टल प्यालेसबीच हुनेछ । अगस्ट ७ तारेखमा च्याम्पियन म्यानचेष्टर सिटीले वेष्टह्यामसँग खेल्नेछ ।

यस्तै अगष्ट ६ मा लिभरपुलले नवप्रवेशी पुलहमसँग खेल्नेछ भने चेल्सीले एभरटनसँग खेल्नेछ । सोही दिन एस्टन भिलल्ले अर्को नवप्रवेशी बर्नमाउथसँग खेल्नेछ । लेस्टर सिटीले ब्रेन्टफोर्ड, लिड्सले वल्भससँग तथा टोटनहम हट्सपरले साउथह्याम्पटनसँग खेल्नेछ ।

यस पटक जाडोयाममा विश्वकप फुटबल हुने भएकाले नोभेम्बर १२-१३ देखि डिसेम्बर २६ सम्म कुनै खेल हुने छैन । विश्वकप फुटबल २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म एसियाली राष्ट्र कतारमा आयोजना हुँदैछ ।

विज्ञापन

१९९९ पछि पहिलो पटक प्रिमियर लिगमा फर्केको नटिङहम फरेस्टले पहिलो खेल न्यूक्यासल युनाइटेडसँग खेल्नेछ ।

विश्वकप फुटबलका लागि मिड सिजनमा करिब ६ साता ब्रेक हुने प्रिमियर लिग यस पटक अघिल्लो सिजन भन्दा एक साता अघि सुरु हुन लागेको हो । यस्तै लिगको समापन पहिला भन्दा एक साता पछि अर्थात २०२३ मे २८ मा हुनेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि १४ नोभेम्बरसम्म खेलाडी रिलिज गर्नुपर्ने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै