होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ असाेज।बाजुराकाे बुढीगंगा नगरपालिकामा वडा स्तरीय भलिवल प्रतियोगिता संचालन गरिएको छ । बडा दशैं तथा शुभदिपावली २०७९ काे अवसरमा बुढीगंगा नगरपालिका ३ मा रहेकाे बसाली युवा क्लबद्धारा आयोजित उक्त प्रतियोगिताकाे शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाले सयुक्त रूपमा उद्घाटन गरेका छन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष पनि दशैं तिहारको अवसरमा सर्वाधिक पुरस्कार धनरासीको चौथो क्षेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बाजुरा जिल्लाको शान र पहिचानका लागि क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन चौथो क्षेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिन लागेको हो । दशैं तिहारको उपलक्ष्यमा […]
क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे। खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले […]
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए ।राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार […]
इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बोरूसिया डर्टमण्डमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सिटीले दोस्रो जित निकालेको हो। रोमान्चक खेलमा सुरूआती एक गोलको अग्रता उल्टाएर म्यानचेस्टर सिटीको नाटकीय पुनरागमन गरेको हो । इतिहाद स्टेडियममा पहिलो हाफसम्म गोल रहित बराबरीमा सकिएको खेलको ५६ […]
बैतडी: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन्। प्रदेशस्तरीय […]
काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।नेपालका मुख्य […]
काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले जानकारी दिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको […]
काठमाडौं । दर्शकको स्वास्थ्यमा समस्या आउँदा झण्डै एक घण्टा रोकिएको खेलमा बार्सिलोनाले क्याडिजलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यस सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो । लगातार चौथो जितपछि बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिडलाई बार्सिलोनाले एक अंकले […]
काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे […]
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको […]
काठमाडौँ – नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको […]
लन्डन — रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार भिक्टोरिया प्लाजेनलाई ५–१ ले हराएर विजयी सुरुआत लिएको छ । पोलिस फरवार्डले बायर्न म्युनिक छाडेर बार्सिलोना आएयता ह्याट्रिक गरेको यो पहिलो हो । समूह ‘सी’ को अर्को खेलमा बार्यनले इन्टर मिलानमाथि २–० को जित रच्यो । समूह ‘डी’ मा टोटनहमले मार्सेलाई २–० ले पन्छायो […]
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३-०ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन् । त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परेका छन् । मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जग्रेबसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको हो । क्लबको वक्तव्यमा भनिएको छ, ‘आफ्नो समयमा क्लबमा सबै प्रयासका लागि प्रशिक्षक थोमस र उनका कर्मचारीप्रति आभार व्यक्त गर्दछ । च्याम्पियन्स लिग, सुपर कप र […]
काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी […]
काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ ।नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश […]
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले सुरुवाती अग्रता लिएको छ ।नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् । सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट […]
काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा विश्वास गर्दिनु […]
काठमाडौं । साफ महिला च्याम्पियनसिपका पाँच वटै संस्करणको उपाधि भारतले जितेको छ । भारतलाई अहिलेसम्म कसैले पनि हराउन सकेको छैन । भारतको छेउछाउ पुग्ने टिम हो नेपाल । चार पटक उपविजेता बनेको नेपाल एक पटक भने सेमिफाइनलबाट बाहिरिएको छ । साफ च्याम्पियनसिपमा नेपालको बलियो पक्ष भनेको भारतबाहेक अरु टिसँग अपराजित हुनु हो । पाँच संस्करणमा […]