होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक
खेलकुद

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

  • नागरिक रैबार
नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए ।राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ ।

आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ । ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन गरिने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार