होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोनाल्डोको गोलमा म्यानचेस्टरको जित
समाचार

रोनाल्डोको गोलमा म्यानचेस्टरको जित

  • नागरिक रैबार
रोनाल्डोको गोलमा म्यानचेस्टरको जित

क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे।

खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन्।

यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो। दोस्रो हाफमा थप गोल निस्कन नसक्दा युनाइटेडले पहिलो जित निकाल्न सफल भयो।

विज्ञापन

यही समूह ‘ई’ को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले लगातार दोस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ। सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले पराजित गरेको छ ।

योसँगै सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो जित निकालेको युनाइटेड ३ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक नै रहे पनि सेरिफ हेड टु हेडमा तेस्रोमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार