होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस
खेलकुद

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस

  • नागरिक रैबार
रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्ड पेनाल्टीमा चुक्दा सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरीमा रोकिएको छ ।बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँढ्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ ।

फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि उनले पहिलो लिग गोल गरेका हुन् ।रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । रोनाल्डोलाई पेनाल्टी सफल बनाउँदै खेल जित्ने अवसर समेत थियो । तर पियरलिगी गोलिनीले रोनाल्डोको प्रहारको सही अनुमान लगाए ।

एस्टन भिल्लाका पूर्वगोलकिपरले रोनाल्डोको पेनाल्टी बचाउ गर्दै अल्भारो मोराटालाई समेत निराश बनाए ।सिरि ए फुटबलका पछिल्ला नौं लिग उपाधि जितेको युभेन्ट्स लिगका १२ खेलमा अपराजित छ ।युभेन्ट्स तालिकाको तेस्रो स्थानमा रहेको छ । र शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार