होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वकप छनोटको तयारी सुरु
देश/प्रदेश

विश्वकप छनोटको तयारी सुरु

  • नागरिक रैबार
विश्वकप छनोटको तयारी सुरु

काठमाडौँ — नेपाली राष्ट्रिय टिमको विश्वकप–२०२२ छनोटको घरेलु मैदानमा हुने तीन खेलका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि तयारी सुरु भएको छ । पहिलो चरणमा बोलाइएका ५८ जनामध्ये ५४ खेलाडी पहिलो दिनको अभ्यासमा सहभागी भए ।

उनीहरूलाई २८ र २६ जनाको दुई समूह बनाएर ट्रेनिङ गराइएको थियो । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा गरेपछि कार्यवाहक प्रमुखको रूपमा बालगोपाल महर्जनसँगै किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्लले टिम सम्हालेका छन् ।

कोरोना महामारीको कारण स्विडिस प्रशिक्षक कालिन उतै रहेपछि महर्जनले गत महिना बंगलादेशविरुद्ध भएका दुई मैत्रीपूर्ण खेलमा पनि टिम सम्हाल्ने अवसर पाएका थिए ।

विज्ञापन

ढाकामा नेपालले एक हार र एक बराबरी खेलेको थियो । एसियन कप २०२३ छनोटको रूपमा पनि रहेको विश्वकप छनोटमा नेपाली टिमले घरेलु मैदानमा चाइनिज ताइपेईविरुद्ध मार्च २५, अस्ट्रेलियाविरुद्ध मार्च ३० र जोर्डनविरुद्ध जुन ७ मा प्रतिस्पर्धा गर्दै छ ।

दशरथ रंगशाला तयार नभएकाले कुवेतविरुद्धको घरेलु खेल भने नेपालले थिम्पूमा खेल्नुपरेको थियो । त्यसमा नेपाली टिम १–० ले हारेको थियो । छनोटको समूह ‘बी’ मा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार