होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् । आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् । एनले प्रधानमन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा […]
काठमाडौँ — श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आगामी जुलाइ २० मा निर्वाचन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्ले नयाँ राष्ट्रपति चयन गर्न लागेको हो । शुक्रबार सभामुख महिन्दा यापा अबेयर्दानेले नयाँ राष्ट्रपति चयनको मिति घोषणा गरेका हुन् । देश छाडेर शरण लिन माल्दिभ्स हुँदै सिंगापुरमा पुगेर बसेका निवर्तमान […]
काठमाडौं । सूचकहरू ठीकठाक रहे आगामी चार महिनामा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्नेछ । अहिलेको जनसङ्ख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । १२ वर्षअघि विश्वको जनसङ्ख्या सात अर्ब थियो । थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसांख्यिक विस्तारको परिणाम हो । कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर नेपालको जनसङ्ख्या २ करोड […]
भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिमा दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । ती व्यक्ती हृदय रोगबाट पीडित छन् । मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन्। सामान्यतया, त्यहाँ […]
बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकताको […]
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका […]
काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् । देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि देखिएको छैन […]
श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । तर शनिबार श्रीलंकामा जे भयो यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ । शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् । तर […]
काठमाडौं । श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् । सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ । […]
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् । डेली मिरर श्रीलंकाको सहयोगमा
श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ। आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई […]
काठमाडौँ — श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्। त्यसलगत्तै राष्ट्रपति […]
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार […]
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो […]
काठमाडौं । श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् । उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् । देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा […]
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सदस्य संख्या बढेर ९.६७ करोड पुगेको पार्टीका शीर्ष अधिकारीले बताएका छन् । सन् २०२१ को अन्तिमसम्ममा पार्टीको सदस्य संख्या ९ करोड ६७ लाख पुगेको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सांगठनिक विभागले जनाएको छ । शुक्रबार पार्टीको स्थापना दिवसमा विभागका प्रमुखले पार्टी सदस्यसम्बन्धी तथ्यांकहरु सार्वजनिक गरेका थिए । सन् २०१२ मा सी जिनपिङ […]
भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ । यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो । यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो […]
अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ ।यसको एउटा उदाहरण ती अस्पतालमा देखिएको छ जहाँ यो भूकम्पमा परी घाइतेहरु उपचारको आशामा पुगिरहेका छन् । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा रहेको एक क्लिनिकका कर्मचारी […]
अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै ‘कोल्याप्स’को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल […]
नेपालले अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो । ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र […]