होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • श्रीलंकामा इन्धन रित्तियो, किन्न पैसा छैन
अन्तर्राष्ट्रिय

श्रीलंकामा इन्धन रित्तियो, किन्न पैसा छैन

  • नागरिक रैबार
श्रीलंकामा इन्धन रित्तियो, किन्न पैसा छैन

काठमाडौं । श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् । उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् ।

देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको विजेसेकेराले पत्रकारहरूलाई बताए । जुन नियमत आपूर्ति भइरहेको स्थितिमा एक दिनलाई पनि नपुग्ने परिमाण हो ।

७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको थियो ।

विज्ञापन

मन्त्री विजेसेकेरालका अनुसार पेट्रोलियम पदार्थ आयतका लागि केन्द्रीय बैंकले १२ करोड ५० लाख डलर मात्र उपलब्ध गराएको छ । जब की श्रीलंकाले २ हप्तापछिका लागि मगाएको पेट्रोलियम पदार्थका लागि ५८ करोड ८० लाख डलर आवश्यक छ ।श्रीलंकाले यसअघि नै ल्याएको इन्धनको ८० करोड डलर तिर्न बाँकी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि