होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारत : बलात्कार गर्न नसकेपछि १५ वर्षीयालाई जिउँदै जलाइयो
समाचार

भारत : बलात्कार गर्न नसकेपछि १५ वर्षीयालाई जिउँदै जलाइयो

  • नागरिक रैबार
भारत : बलात्कार गर्न नसकेपछि १५ वर्षीयालाई जिउँदै जलाइयो

भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ ।

यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो ।

यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो । पीडितको भनाइअनुसार एकजना व्यक्ति उनी भएठाउँ आएर जबरजस्ती करणी गर्ने प्रयास गरे । बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले उनको शरीरमा पेट्रोल खन्याएर आगो लगाइदिए । कारवाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ । ’

विज्ञापन

पीडित परिवार खेतीपाती गर्छन् । उनका भाइले स्थानीय सञ्चारमाध्यमसँगको भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘बहिनी बिहान करिब १० बजे बुवाका लागि खाना लिएर खेतमा गएकी थिइन् । बुवा खाना खाएर औषधी लिन अस्पताल गए । यसैबीच करिब १२ : ४५ बजे ती केटा आए र उनीमाथि दुष्कर्मको कोसिस गरे र आगो लगाइदिए । गाउँलेहरूले हामीलाई यसबारे खबर गरेका थिए । पछि बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरियो । उनी बाँच्छिन् जस्तो मलाई लाग्दैन ।’

यद्यपि, स्थानीय मिडियाले अभियक्तसँग उनको अर्को एउटा सहयोगी पनि भएको बताएको छ ।

स्थानीय पत्रकार मोना पटेलले बीबीसी हिन्दीसँगको कुराकानीमा भनिन्, ‘पीडित अहिले थोरै मात्र बोल्न सकेकी छिन् । त्यसैले घटनाबारे स्पष्ट जानकारी पाउन समय लाग्नेछ ।’ एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार