होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • श्रीलंकामा प्रधानमन्त्री विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ
समाचार

श्रीलंकामा प्रधानमन्त्री विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

  • नागरिक रैबार
श्रीलंकामा प्रधानमन्त्री विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् । आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् ।

एनले प्रधानमन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा नियुक्त गरेका थिए ।

संविधान अनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै