होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश, कोलम्बोमा तनाव
अन्तर्राष्ट्रिय

श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश, कोलम्बोमा तनाव

  • नागरिक रैबार
श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश, कोलम्बोमा तनाव

श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ। आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पार्टी नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । सार्वजनिक भएको भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको देखिन्छ ।

श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागी हुन देशका धेरै भागबाट मानिसहरु कोलम्बो पुगेका छन् । एजेन्सी

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
अन्तर्राष्ट्रिय
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि