होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज अन्तिम संस्कार
समाचार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज अन्तिम संस्कार

  • नागरिक रैबार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज अन्तिम संस्कार

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो ।

अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए ।

जापानको नारा भन्ने शहरमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेलाई ४१ वर्षीय जापानी नागरिक तेत्सुया यामागामी नामका व्यक्तिले पछाडिबाट गोली हानेका थिए । गोली लागेर भुईंमा लडेका आबेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

विज्ञापन

प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार