होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]
१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको जनाएको छ । मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेले जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो । सरकारले कोभिड—१९ को उपचार संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश […]
१२ मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–१ का किसान कनैया चौधरीले केही दिनको अन्तरालमा २ पटकसम्म धान बेचे । पहिलो पटक ६ क्वीन्टल धान बेच्दा प्रतिक्वीन्टल २ हजार रुपैयाँ पाएका उनले दोस्रो पटक १२ क्वीन्टल बिक्री गर्दा प्रतिक्वीन्टल २ हजार ३ सय रुपैयाँ पाए । ‘धान पाकिसकेपछि हामीलाई बेच्न हतार हुन्छ । घरमा धेरै राख्ने ठाउँ […]
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेन डोल्मा लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो।३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए। ‘हेर्नुहोस्, सांसदको श्रीमती भनेपछि प्रहरी पनि डराउँदो रहेछ, पक्राउ गरिदिनुपरो भनी म आफैं प्रहरीमा जानुपर्यो,’ गुरुङले भने। मकवानपुरका प्रहरी नायब उपरीक्षक […]
काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर । दिनभर टोलाइरहन्थिन् सपना […]
काठमाडौं । हिजोआज मान्छेको हरेक गतिविधिमा चम्चाको प्रयोग अनिवार्य जस्तै भएको छ । अहिले गाउँघरमा पनि हातले ढिके नुन अड्कलेर तरकारीमा हाल्न छाडिसकेका छन् । कर्छुलीले आजभोलि घिउतेल निकाल्न छाडिसकिएको छ । यी सबै भाँडाकुँडालाई आजभोलि चम्चाले नै विस्थापित गरिदिएको छ । यतिमात्रै नभएर चम्चालाई मानवीकरण गरेर मान्छेको प्रवृत्तिलाई समेत चम्चे प्रवृत्ति भनेर समेत हिजोआज […]
जलेश्वर : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार विहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय […]
गुल्मी : इस्मा गाउँपालिकामा आज विहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ । नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाले बताएकाे छ । यस अघि नगर प्रमुख दिपक शाह, […]
१२ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई […]
१२ मंसिर, बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला […]
काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत […]
मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ । मन्त्रालयले कार्यढाँचा जारी गरेको […]
११ मंसिर, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षीय म्याराडोनाको बुधबार मृत्यु भएको थियो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति […]
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरिरहेका […]
एजेन्सी । विश्वमा यस्ता कैयौ देशहरु छन, जो आफनो अनौठो–अनौठो कानुनलाई लिएर सधै चर्चामा आइरहन्छन् । यस्तै देशहरु मध्येको देश हो ईरान, जहाँ यस्तै–यस्तै अनौठा –अनौठा कानुन छ, जसको बारेमा जानेर मानिसहरु अचम्ममा पर्दछन् । यहाँ मानिसहरुलाई कैयौ प्रकारका प्रतिबन्धहरु लगाइएको छ, जसको बारेमा सायदै पनि तपाई जान्नुहुन्छ होला । – यो देशमा महिलाहरु स्टेडियममा […]
९ मङ्सिर, गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न […]
११ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ […]
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले […]