होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि […]
काठमाडौं । चिसो मौसममा फोक्सो सम्बन्धी समस्या भएकाहरुलाई निक्कै जोखिम हुन्छ । अझ बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाडोयाममा अझ बढी सुरक्षित राख्नुपर्छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुको हकमा त चिसो मौसम झनै जोखिमपूर्ण हुन्छ । जाडो मौसममा हुने विभिन्न स्वास्थ्य समस्याबाट बच्न के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमसँग […]
नागरिक रैबार बाजुरा २० मंसिर। अटो दुर्घटना परि घाइते भएका एक युवक लाई डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि घाइते भएका भिम खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरामा रिफर गरिएको जिल्ला अस्पताल […]
कञ्चनपुर: लायन्स क्लब अफ धनगढी एभरेस्ट र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर सञ्चालन गरेको छ। शनिबार कञ्चनपुरमा शिविरको आयोजना गरिएको हो। कञ्चन बहुमुखी क्याम्पस गुलरियामा आयोजना भएको शिविरमा ५०९ जनाले सेवा लिएको क्लबकी अध्यक्ष सञ्जिता कुँवरले बताइन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।दिनेश खबरबाट साभार
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र […]
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते […]
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको […]
काठमाडौं । कोभिड-१९ पछि बालबालिकाको आत्महत्या दर बढेको वा मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको छ । कोभिडपछि किन बालबालिकामा आत्महत्याको दर बढ्यो वा उनीहरूको मानसिक स्वास्थ्यमा समस्या देखियो ? यसमा अभिभावकको के-कति भूमिका रहन्छ भन्ने विषयमा चिकित्सा मनोविज्ञ डा. विजय ज्ञवालीसँग गरिएको कुराकानी : बालबालिकाप्रतिको अभिभावकत्व ठीक छ ? अथवा हाम्रो हुर्काइ शैली कस्तो छ […]
काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।उनीहरुको कोठामा कोइला […]
धादिङ : बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्। घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी […]
काठमाडौं । दशैंअघि आलोपालो, ठूलो कक्षाका विद्यार्थीलाई मात्रै कक्षामा बोलाएका विद्यालयहरुले छठपछि पूर्ण रुपमा विद्यालय सञ्चालन गरिरहेका छन् । सबै कक्षाका विद्यार्थीहरु विद्यालय जान थालेका छन् । कोभिड १९ को जोखिमबीच खुलेका विद्यालयहरुले सेनिटाइजर र मास्क अनिवार्य गरेको जनाएका छन् । काठमाडौंको कालिमाटीस्थित नीलबाराही माविकी प्रधानाध्यापक जानुका नेपाल भन्छिन्, ‘मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं […]
बेनीः जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु भएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको हो। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु […]
वीरेन्द्र भट्ट, धनगढीः ‘बस्ने घर छैन। शरीर ढाक्ने फाँटो छैन। खाने अन्न छैन। कहाँ छ सरकार कहाँ छौँ हामी’ बाजुराकी गंगा सुनारले दुःख पोख्दै भनिन्। २ छाक खानकै लागि दिनभरी काम गर्दा पनि मजदुरी गरेको पैसा नपाएर भोकभोकै बस्नुपरेको पीडा बडिमालिका नगरपालिकाकी बस्दै आएकी ५७ वर्षीया सुनारको छ। सोमबार धनगढीमा आयोजित संकटासन्न व्यक्ति र समुदायका […]
कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए। उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना […]
नागरिक रैबार बाजुरा १० मंसिर । बाजुराका पाँच स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका पाँच पालिकामा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । प्रमुख पन्तका अनुशार […]
धनगढी : डोटीको दीपायलस्थित सेती नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन्। ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शुक्रबार दिउँसो महिलाले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले युवतीको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]
धनगढी। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतमले महिलाको […]
नागरिक रैबार / बाजुरा ९ मंसिर। बाजुराका प्रत्येक स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका प्रत्येक स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो । मंसिर १५ गतेदेखि २३ गतेसम्म परिवार नियोजनको स्थायी (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण शिविर […]
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ११२ वटा नर्सिङ कलेज मध्ये यो वर्ष ४५ कलेजले मात्रै विद्यार्थी भर्नाका लागि सिट पाएका छन्। चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा […]