होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धादिङमा पहिरो : हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थल प्रस्थान
समाचार

धादिङमा पहिरो : हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थल प्रस्थान

  • नागरिक रैबार
धादिङमा पहिरो : हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थल प्रस्थान

काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ ।

धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो ।

रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खसेर पुरिंदा डोजर चालक, सहचालक र एकजना स्थानीय बेपत्ता भएका छन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार