होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पाँचथरको हिलिहाङ गाउँपालिका-४ को सिद्ध माध्यमिक विद्यालयमा भगिश्वर योङहाङ प्रधानाध्यापक थिए। गत शनिबार भएको कांग्रेसको प्रदेश सभा अधिवेशनमा उनी प्रदेश ‘क’को क्षेत्रीय सभापतिमा निर्वाचित भए। शिक्षक हुँदाहुँदै राजनीतिक दलको पदाधिकारी बन्ने योङहाङ प्रतिनिधि पात्र हुन्। महाधिवेशन प्रक्रियामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूले दर्जनौं शिक्षक/प्राध्यापकलाई वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्म बनाएका छन्। कानुनविपरीत शिक्षक/प्राध्यापक र […]
बझाङ, ९ मङ्सिर; स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु […]
वीरेन्द्रनगर — ‘ए परदेशी पर्खी आऊ भो घर सुखदुःख यहीं गाउँमा बिताउँला परदेशमा नगए हुन्न र ?’ पानीपँधेरो र वनपाखा गर्दा जाजरकोटको कुशे गाउँपालिकाकी वसन्ती परियारले यस्तै गीत गुन्गुनाउँछिन् । परदेशिएर बेखबर बनेका श्रीमान् खगेन्द्रलाई पर्खिएको ८ वर्ष बित्यो । ‘जिउँदै छन् कि कस्तो छन् केही अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘कोही परदेशी फर्किएको खबर सुने उनी पो घर […]
अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड […]
विराटनगर । मोरङ मिक्लाजुङका सुभाष राई (नयन) उमेरले ३५ वर्ष पुगे । घरको जेठो छोरो राईको जिम्मेवारी परिवार पाल्नुपर्ने हो । तर शरीरमा पलाएको ट्युमरका कारण उनी आफैं अशक्त छन् । मिक्लाजुङ गाउँपालिका- ५ का राईको परिवारमा तीन जना छन् । बुवा बोल्न सक्दैनन् । सुभाष र उनका भाइ केवल दुवै रोगी छन् । दाजु-भाइको […]
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा […]
काठमाण्डाै – सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको […]
तस्बिरमा देखिएको लस्कर हिमाल आरोहीहरूको होइन, गाउँमा भोकमरी हुने भएपछि राज्यसँग चामल माग्न हिँडेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाको हो । आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको यो गाउँका बासिन्दा पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुगेका छन् । ‘जिल्लामै चामल छैन’ भन्ने हुम्लाका […]
बर्दिया । मधुवन नगरपालिका-४ ढोढरीको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा पढाउने गरेको छ । विद्यालयले वर्षको दुई पटक (गर्मी महीनार जाडो महिना) शुक्रबारको कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई जातीय परम्परागत पोशाकमा बोलाइ पढाउन थालेको हो । शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, […]
जाडो याम सुरु भएको छ । जाडोमा धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो । जाडोमा खासगरी छाला रुखो हुने, हात गोडा फुट्ने, छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चाया—पोतो आउने लगायत समस्या हुन्छ । यस्तै टाउकोमा चाया पर्ने गर्दछ । सुक्खापन देखिने कारणः नियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापन आउने वीर […]
काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका […]
हावामा फैलिएको प्रदुषण फोक्सोका लागि निकै खतरनाक हुन्छन् । डाक्टरका अनुसार प्रदूषणका स–साना कणले हाम्रो फोक्सोलाई ठूलो हानी पुर्याइरहेको हुन्छ । प्रदूषणबाट फोक्सोलाई बचाउन केही खानेकुराले निकै फाइदा पुर्याइरहेको हुन्छ, त्यसैले यस्ता खानेकुरालाई तपाईंले आफ्नो खानामा समावेश गर्नुपर्छ । सख्खरः प्रदुषणबाट फोक्सोलाई बचाउनका लागि सख्खर निकै लाभदायी हुन्छ । यसको प्रयोग गरेर तपाईं प्रदुषण वा […]
विराटनगर- जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ ।जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । ‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए । शर्मा २०७१ यता […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
कैलाली: कैलालीका थप एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार उनको ज्यान गएको हो। मृत्यु हुनेमा कैलाली लम्कीचुहा नगरपालिका–५ का ७७ वर्षीय पुरुष रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो । ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको […]
काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ।
मुगु — मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ । ‘डाक्टरले चेक गर्छन्, अनि औषधि ल्याउन मेडिकल पठाउँछन्,’ उनका पति छेवाङ छेजुम्ले भने, ‘७५ वर्षमाथिका […]
नयाँ दिल्लीको हावाको अवस्था निकै खराब भएपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले चेतावनी नै जारी गरेको छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ । सीपीसीबीको शुक्रबार बसेको समीक्षा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि […]
गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक महिनापछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउन लागेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा […]