होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् नकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने […]
मदन वि.क./बाजुरा ३ चैत्र । बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बाजुरा जिल्ला अस्पताललाई प्रविधि मैत्री बनाउने योजना भईरहेको बताएका छन् । सोमबार अस्पतालमा अत्याधुनिक जेनेरेटर मेसिनको उद्धघाटन् गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अस्पतालको २४ सै घण्टे नियमित सेवालाई चुस्त दुरुस्त राख्नको लागि भर्खरै अस्पताल परिसरमा प्रत्यक्ष सिसि […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला अस्पताल बाजुरामा जेनेरेटर जडान गरिएको छ । सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले उक्त मेसिनको विधिवत रुपमा उद्धघाटन् गरेका हुन् । सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएपछि जिल्ला अस्पताल बाजुरामा यस अघि अस्पतालमा दैनिक आउने विरामीलाई निकै समस्या हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा दैनिक आउने विरामीहरुको […]
एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण विश्वभर १ लाख ७० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ सय ५७ देशका १ लाख ७० हजार १ सय ७८ जना नागरिक कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमध्ये ६ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको […]
अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो। रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका […]
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारत प्रवेशमा लगाइएको कडाईका कारण नेपालीहरुको भारत आवतजावतमा कुनै समस्या नपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ती जारी गरेर नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन नहुने बताएको हो ।‘अहिले लिइएका कदमहरु नितान्त सार्वजनिक स्वास्थ्य र सुरक्षा व्यवस्थाको उद्देश्यले गरिएको हो । यी कदमले […]
जनकपुर । होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो । रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए । […]
नागरिक रैबार/बाजुरा २९ फागुन। बाजुरामा चैत्र १ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको तयारी तिव्र पारिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप लगाउनका लागि अभियानलाई तिव्र पारिएको हो । स्वास्थ्य कार्यालय बाजुराले विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सो अभियानको तयारी तिव्र पारिएको जनाएको छ ।जिल्लाका सवै बस्ती–बस्ती र टोल […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । हालसम्म विश्वको ७० भन्दा बढी देशमा देखिएको यो भाइरसले संसारभर महामारीको रूप लिँदै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रूपमा लिएपछि सरकारले सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक […]
काठमाडौं- गत जेठ अन्तिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आफ्नो फेसबुक पेजमा शारीरिक व्यायाम गरिरहेका तस्बिरहरु सार्वजनिक गरे। दुई दिनको अन्तरमा दुई दर्जनभन्दा बढी तस्बिर सार्वजनिक गर्दै उनले लेखे, ‘नियमित शारीरिक व्यायामले प्रत्येक दिनलाई सरल, ऊर्जाशील र गतिशील बनाउँछ। स्वस्थ रहौं, खुसी रहौं।’ घरभित्र र बाहिर गरिरहेको व्यायामको तस्बिरलाई धेरै फेसबुक प्रयोगकर्ताहरुले […]
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको जानकारी दिए । शल्यक्रियाका लागि कति समय लाग्ने यकिन नभएको बताउँदै उनले समय–समयमा प्रगतिबारे अपडेट गराइरहने बताए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको […]
कोभिड–१९ कोरोना भाइरस परिवारको भाइरस हो। यस भाइरस पहिले कहिल्यै मानिसमा देखिएको थिए। वुहानको हुवानान सिफुड ‘माछाजन्य जीव पाइने’ होलसेल मार्केटमा काम गर्ने व्यक्तिमा पहिलो कोरोना संक्रमण देखिएको थियो। कोरोना भाइरसको लक्षण यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने, […]
काठमाडौँ, १९ फागुन । दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली नेृतृत्वको टोलीले गर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको टोलीले प्रत्यारोपण गर्ने भएको हो । अस्पतालका अनुसार युरोलोजी […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय मानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने […]
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागिसात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको […]
अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिवारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ। आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले […]
आरबी बुढाथोकी फागुन १४ काठमाण्गडाै रिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले त भैंसीलाई खोले बनाएर खुवाउँथे। गरिबले मात्र विकल्प नहुँदा बाध्यताबस फापरका परिकार खाने […]
काठमाडौं – सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ। यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ । यी हुन् हाई आउनुका कारण – हार्ई फिजियोलोजिकल मेकानिजम हो । हार्ई […]
काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित […]
नागरिक रैबार/बाजुरा २६ माघ ।जिल्लाकाे गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयमा सरसरफाई गरिरहेका ७ जना जंगली जनावर बदेलकाेआक्रमणमा परि घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल […]