होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डा. गोविन्द केसीलाई सुरक्षाकर्मीले औषधि किन्न अवरोध गरेका छन्। सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका डा. केसीलाई शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन्। डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा रोकिएको बताए। करिब […]
काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर शिविरमा बसोबास गर्दै आएका रामचन्द्र थापा ७ दिन पहिले गौरीफन्टामा आए। बुवाको नाम प्रताप बताउने उनीसँग परिचय खुल्ने कागजपत्र थिएन। पाँच वर्षदेखि भारतमा बस्दै आएका उनको नेपाली नागरिकता पानीले भिजेपछि च्यातिएको थियो। आमाबुवाको समेत मृत्यु भईसकेकाले अन्य कुनै परिचय खुल्ने कागजपत्र पनि नभएपछि उनलाई सीमामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा […]
देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् । यस्तै देशभर बिहीबार महिला ३९४ […]
देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा साढे ६३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६३ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशाला मार्फत ३३ हजार दुई सय १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको […]
१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक […]
१८ भदौ, काठमाडौं । नेपालको सबैभन्दा जेठो सरकारी अस्पताल, वीर अस्पतालको हालत कस्तो छ ? कोरोना संक्रमितहरु र अन्य बिरामीहरुको उपचार के–कसरी चलिरहेको छ ? स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो छ ? एकचोटि वीर अस्पतालभित्र पसौं– उदाहरण १ : वीर अस्पतालको आकस्मिक कक्षको १२ नम्बर बेडमा काभ्रेबाट एकजना बिरामी आएका थिए । टाउको सम्बन्धी समस्या लिएर आएका […]
एजेन्सी, १८ भदाै । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल […]
बागलुङ, १८ भदौ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका—९ बोबाङमा निरन्तरको बर्षा संगै आएको बाढी पहिरोमा पुरिएर १७ जना भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् । ती मध्ये अहिले सम्म ५ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक सारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । वेपत्ता भएकाहरुको संख्या अझै बढ्न सक्ने चौधरीले बताउनुभयो […]
काठमाडौं, १८ भदाै । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको […]
डोटी–कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ। मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ। मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो। यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन्। कोरोनाबाट जोगिन […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार महाकाली अस्पतालबाट ६, बझाङबाट पाँच, सेती प्रादेशिक अस्पताल र डोटीबाट दुई÷दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा पाँच हजार संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै […]
भारतमा अगस्ट महिनाभर झन्डै २० लाखमा संक्रमण देखिएको छ । कोभिड–१९ को महामारी सुरु भएयता कुनै पनि देशमा एकै महिना यति धेरै मानिसमा संक्रमण भएको यो नयाँ रेकर्ड हो । अगस्टमा यहाँ सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण ज्यान गयो । भारतमा अहिलेसम्म ३६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित […]
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो। उनी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए। ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन […]
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको […]
नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको […]
सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।
महेन्द्रनगर/दार्चुला: मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीति समेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ। नौ जिल्ला भएको प्रदेशमा सात पहाडी जिल्ला छन्। मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमुकाम रहीसकेको डोटीले हालसम्म नत जिल्लामा आइसियु सेवा दिन सक्यो नत भेन्टिलेटर सेवा नै। पछिल्लो दशकयता स्वास्थ्य सेवा प्रवाहमा […]
काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर […]