होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
समाज

मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

  • नागरिक रैबार
मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।

विज्ञापन

तर, आइतबारको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित भएनन् ।

मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘कामचाहिँ गर्नोस्, तर कोरोनाबाट जोगिएर, सतर्क भएर गर्नोस्’ भनेका थिए । भारतीय गृहमन्त्री अमित शाहलाई समेत कोरोना संक्रमण देखिएको र कतिपय प्रान्तमा मन्त्रीकोसमेत मृत्यु भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई सतर्क रहन भनेको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

गत साउनमा भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । अहिले उनी संक्रमण मुक्त भइसकेका छन् । त्यस्तै, साउनमै उत्तरप्रदेशकी प्रान्तीय मन्त्री कमला रानी बरुणको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै