होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ढोरपाटन बाढी : १७ जना बेपत्ता, ५ जना मृत भेटिए
समाचार

ढोरपाटन बाढी : १७ जना बेपत्ता, ५ जना मृत भेटिए

  • नागरिक रैबार
ढोरपाटन बाढी : १७ जना बेपत्ता, ५ जना मृत भेटिए

बागलुङ, १८ भदौ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका—९ बोबाङमा निरन्तरको बर्षा संगै आएको बाढी पहिरोमा पुरिएर १७ जना भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् । ती मध्ये अहिले सम्म ५ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक सारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । वेपत्ता भएकाहरुको संख्या अझै बढ्न सक्ने चौधरीले बताउनुभयो ।

कार्यालयका अनुसार बाढी पहिरोमा झण्डै ३० घर पुर्ण रुपमा क्षति भएका छन् । बुधबार मध्यरातमा भुजीखोलामा आएको बाढीले जनधनको क्षति हुनुका साथै विद्युत गृह, झोलुङगे पुल एवं विद्यालय पनि बगाएको बोबाङका स्थानीयबासीहरुले बताएका छन् । बुर्तिबाङ प्रहरी चौकीका प्रमुख प्रकाशसिंह भण्डारीले प्रहरीको टोली घटनास्थल तर्फ पुगेर विवरण संकलन गर्ने र उद्धारको काम गरिरहेको जानकारी दिनुभयो ।

वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म छुने ठाडो खोला भएकाले पनि घटनास्थल एकिन गर्न नै कठिन भएको भण्डारीले बताउनुभयो । बाढीमा पुरिएको अवस्थामा भेटाउन सकिने भएपनि खोला बगाएको अवस्थामा शव भेटाउन समेत मुस्किल हुने देखिएको जानकारी दिनुभयो। अहिले स्थानीयबासी, नेपाल प्रहरी एवं नेपाली सेनाको टोलीले उद्धारमा लागेको बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार