होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खाद्य कम्पनीको चामल खरिदमा चलखेल
समाचार

खाद्य कम्पनीको चामल खरिदमा चलखेल

  • नागरिक रैबार
खाद्य कम्पनीको चामल खरिदमा चलखेल

काठमाडौं, १८ भदाै । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ ।

वार्षिक कार्यक्रमअनुसार नै कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गर्न थालेको हो । व्यापार कम्पनीका केही कर्मचारीको मिलेमतोमा विभिन्न ठाउँमा रहेको खाद्य गोदाममा कमसल गुणस्तरको चामल खरिद गरेर थन्क्याउने गरिएको कम्पनी स्रोतको दाबी छ ।

विज्ञापन

त्यसरी खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन । प्राविधिकद्वारा मापदण्डअनुसार नभएको प्रमाणित चामललाई माथिल्लो निकायको आँखा छल्न आन्तरिक मिलेमतोमा कागजी रूपमा मिलाएर चामल गोदाममा थन्क्याउने काम भएको बताइएको छ ।

स्रोतका अनुसार खाद्य कम्पनीको थापाथलीस्थित कार्यालयको गोदाममा कलैया बाराको लक्की राइस मिलबाट खरिद गरिएको सोना मन्सुली चामल नै गुणस्तरहीन भेटिएको छ । प्राविधिकका अनुसार गुणस्तर मापदण्डअनुसार नभएको चामल गोदाममा भण्डारण गर्दा छिटै कुहिने सम्भावना रहन्छ । खाद्य प्राविधिकले चामलको गुणस्तर मापदण्ड नमिलेको भनेर फिर्ता गर्न पत्र पठाउँदा पनि प्राविधिकको पत्रलाई अटेर गर्दै चामललाई गोदाममै राखिएको कम्पनीकै एक प्राविधिकले बताए । याे खबर राजधानी दैनिकमा छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार