होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौरीफन्टा नाकाबाट फर्किने नेपालीसँग परिचय खुल्ने कागजपत्र मागिदै
समाचार

गौरीफन्टा नाकाबाट फर्किने नेपालीसँग परिचय खुल्ने कागजपत्र मागिदै

  • नागरिक रैबार
गौरीफन्टा नाकाबाट फर्किने नेपालीसँग परिचय खुल्ने कागजपत्र मागिदै

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर शिविरमा बसोबास गर्दै आएका रामचन्द्र थापा ७ दिन पहिले गौरीफन्टामा आए। बुवाको नाम प्रताप बताउने उनीसँग परिचय खुल्ने कागजपत्र थिएन।

पाँच वर्षदेखि भारतमा बस्दै आएका उनको नेपाली नागरिकता पानीले भिजेपछि च्यातिएको थियो। आमाबुवाको समेत मृत्यु भईसकेकाले अन्य कुनै परिचय खुल्ने कागजपत्र पनि नभएपछि उनलाई सीमामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाए। ‘पाँच वर्ष पहिले भारत गएको हुँ। नागरिकता थियो तर पानीले भिजेपछि च्यातियो, अहिले छैन्। बल्चौरमा दिदी छन्। सात दिन भइसक्यो। रोडमा सुत्दै आएको छु।’

यो एक उदाहरण मात्र हो। स्थानीय प्रशासनले भारतबाट फर्किएकाहरुबाट परिचय खुल्ने कागजपत्र अनिवार्य गरेको छ। नेपाली नागरिकता वा अन्य परिचय खुल्ने कागजपत्र अनिवार्य गरेको छ। कञ्चनपुरबाट सीमामा खटिएका शसस्त्र प्रहरी र नेपाल प्रहरीले परिचय पत्र नभएकालाई सीमामा रोक्दै आएको छ। अन्तािरष्ट्रय सीमा नाका बन्द नहुँदै उपचारका लागि भारत गएका कञ्चनपुरको कलुवापुरका नन्दा देवी ठकुल्लालाई पनि मंगलबार सीमा नाकामा रोकिएको थियो। नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र नभएकै कारण उनलाई प्रवेश गर्न नदिएको हो। सीमामा खटिएका सशस्त्र प्रहरी माथिको आदेश भनिरहेका थिए। घरका आफन्तलाई परिचय खुल्ने कागतको फोटो पठाउन भन्दै थिए। तर कोहि पहाडी क्षेत्र भएको र इन्टरनेटको सुविधा समेत नभएको प्रतिकृया दिदै थिए।

विज्ञापन

तर स्थानीय प्रशासनले सो कुरालाई आनाकानी गर्दै थियो। सीमामा कुनै गलत भए कारबाही हुने डर उनीहरुमा थियो। भन्दै थिए, ‘अहिले अवस्था सामान्य छैन्। हामीलाई जागिरको पनि चिन्ता छ। तपाईहरुलाई प्रमाण बिना नेपाल प्रवेश गर्न दिएमा हामीलाई कारबाही हुन्छ। यो हामीले मात्र गरेका हैनौ। माथिको आदेश हो। पालना गराउनै पर्छ। नत्र कारवाही हुन्छ।’ सीमा क्षेत्रमा अलपत्र पर्नेहरुमा सुदूरपश्चिम बाहिरका पनि थिए। ईन्टरनेटको सुविधामा हुनेहरु घरबाट परिचय खुल्ने कागजपत्रको फोटो मगाईरहेको देखिन्थ्यो। भारतीय नागरिकको प्रवेशमा रोक लगाउन कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले अहिले नेपाली नागरिकलाई मात्र सीमाबाट प्रवेश अनुमती भएकाले परिचय खुल्ने कागजपत्र अनिवार्य गरिएको बताए। उनले परिचय खुल्ने कागजपत्र नभएकाहरुको समेत नेपाल प्रहरीले छानविन गर्दै यकिन गरेर मात्र प्रवेश अनुमती दिने बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार