होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • देशभर १ हजार २२८ जना संक्रमित थपिए
स्वास्थ्य-जीवनशैली

देशभर १ हजार २२८ जना संक्रमित थपिए

  • नागरिक रैबार
देशभर १ हजार २२८ जना संक्रमित थपिए

देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ ।

यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ। बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार