होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अस्पतालमा बालिकाको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप
समाचार

अस्पतालमा बालिकाको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप

  • नागरिक रैबार
अस्पतालमा बालिकाको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप

डडेल्धुराः डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ का प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएको हो।

बिहीबार बिहान ५ बजे निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको हो। बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टासम्म डाक्टरले नहेरिदिएपछि बालिकाको मृत्यु भएको आफन्तले बताएका छन्। उनीहरुले बालिका बचाउन प्रमुख जिल्ला अधिकारीदेखि अस्पतालका अध्यक्षलाई समेत गुहारेको तर बचाउन नसकिएको बताए। डाक्टरको लापरबाहीका कारण बालिकाको मृत्यु भएको उनीहरुको आरोप छ।

तर, यता अस्पतालले भने बालिकालाई श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएको बताएको छ। उनलाई अस्पतालले आईसियूमा राखेको अवस्थामा ज्यान गएको अस्पतालले जनाएको छ। अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन्। उनीहरुले बालिकाको शव उठाएका छैनन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार