होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । दुइदिन सम्म चलेको बैठकले प्रदेश क बाट दुई जना र ख बाट ५ जनाको नाम सिफारिस गरेको हो । प्रदेश क बाट जनकराज गिरी र नारायण पाध्यायको नाम सिफारिस भएको छ भने प्रदेश ख बाट चक्र शाह, […]
जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदै रुँदै बेंसी मेलैमा …. कतिलाई यो गीत असान्दर्भिक लाग्ला। अब यो गीतबाट तपाईंले कल्पना गरेको जस्तो फलामको जेल हटाइदिनुस् र सिसाको पारदर्शी खुला जेल सम्झिनुस् त ? के अब तपाईंको सन्दर्भसँग मेल खान्छ ? समानता अनि समावेशिताको यति लामो यात्रासम्म आइसक्दा हामीलाई धेरै लामो दूरी तय गरिसकेको […]
बाजुरा । रोजगारीको शिलशिलामा भारतको मुम्बइ पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १० की राजपुरा दमाइको परिवार मुम्बइमा अलपत्र भएको हो । पाँच वर्षअघि श्रीमानसहित सपरिवार रोजगारीका लागि मुम्बइ पुगेकी राजपुरा र उनका पाँच छोराछोरी श्रीमानको मृत्युपछि बेसाहारा भएका हुन् । मुम्बइकै मुलन भन्ने ठाउँमा एक कम्पनीमा […]
बाजुरा । बाजुरा जिल्लामा संचालित मानव शसोंधन केन्द्र एचआरसी बाजुराकाे अबिधेशन सदरमुकाम मार्तडीमा सुरु भएको छ । एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटाैँ अधिबेशन सदरमुकाम मार्तडीमा संचालन गरिएको छ । नयाँ नेतृत्व सहित साधारण सभाको उद्धघाटन समारोह सम्पन्न भएर बन्दसस्त्र सुरु भएको छ । बन्द सत्रमा संस्थाको प्रबिदेनमाथी छलफल आर्थिक प्रबिेदन छलफल पछि […]
बाजुरा । नेपाली काँग्रेस बाजुरालाई आसन्न मसिंर ४ गते हुने संघ र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । निरन्तर २ दिन देखी बसकेको नेपाली काँग्रेसका प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका बैठकहरुले अझै टुगोँमा पुर्याउन सकेका छैनन् । मंसिर ४ गते हुने संघिय र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटका लागि बसकेको बैठक शुक्रबारदेखी […]
बाजुरा । बाजुरा जिल्लामा संचालित मानव शसोंधन केन्द्र एचआरसी बाजुराको अध्यक्षमा पुन निर बहादुर शाही दोहोरीएका छन । सदरमुकाम मार्तडीमा संचालन भएको अधिबेशनले पुन शाहीलाई अध्यक्षमा दोहोर्याएको छ । एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटाैँ अधिबेशन सदरमुकाम मार्तडीकाे स्वामिकार्तिक प्लाजामा संचालन गरिएको थियो । अधिबेशनबाट नयाँ नेर्तित्व चयन गरेकाे छ जसमा अध्यक्षमा निर […]
बाजुरा । आज गौरा पर्वको मुख्य दिन अठ्यावाली अर्थात् दुर्वाष्टमी सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ। आजका दिन गौराको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने गर्दछन्। बाजुरामा सामाजिक बिकास कार्यालय बाजुराकाे सहयाेगमा बडिमालिका ९ चाैराटामा खुल्ला महिला देउडा प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । लाेक तथा दाेहाेरी प्रतिष्ठान बाजुराकाे आयाेजनामा साे प्रतियाेगिता भइरहकाे […]
कैलाली। वैदेशिक रोजगारीमा जान काठमाडौ जाँदै गरेका एक युवक धनगढी बिमानस्थलमा प्रहरीबाट कुटिएका छन् । शनिबार श्री एयरलाइन्सको १२ बजेको फ्लाइटबाट काठमाडौ जाँदै गरेका कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपिट गरेको हो । उनको आँखामा चोट लागेको छ । काठमाडौ जाँदै गरेका गिरीको साथमा रहेको पाँच लाख रुपैयाँ लैजान नपाउने भन्दै एयरपोर्टमा रहेका […]
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर मार्फत सडक निर्माण भइरहेको छ । डोजर मार्फत बडिमालिका क्षेत्रका पाटनहरु छियाँ छिया पारेर सडक निर्माण भइरहेको छ । मार्तडी बडिमालिका पर्यटकीय सडकको नाम दिइएको उक्त सडकमा स्थानिय सरकार, प्रदेश र संघ सरकारको समन्वय तथा सहयोगमा बडिमालिका जाने सडक निर्माण भएको हो । स्थानियले फुलचढाउने अगाडि […]
बाजुरा । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएकाे छ । बडीमालिका नगरपालिका वडा नम्बर ६ काे आयाेजना र बडिमालिका नगरपालिकाकाे समन्वयमा काेर्ध स्वास्थ्य केन्द्रमा साे शिबिर संचालन गरिएकाे हाे । शनिबार जिल्ला अस्पताल बाजुराका डाक्टरकाे टिमलाई र बुढिगंगा स्वास्थ्य चौकिका चिकित्सक लाई बाेलाएर स्थानीयलाई निशुल्क उपचार गर्न शिविर संचालन […]
भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ। प्रहरीका अनुसार बसमा ६० जना नेपाली कामदार थिए। सो बस नेपालबाट गोवा जाँदै […]
धनगढीः सुदूरपश्चिमबाट उदाएर नेपाली कला क्षेत्रमा चम्किएका ६६ वर्षीय कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। शनिबार चितवनमा गुडिरहकै बसमा उनको अचानक निधन भएको हो। सुदूरपश्चिमको बैतडी घर भएका उनी जन्मथलोबाट राजधानी काठमाडौंतर्फको यात्रामा थिए। उनका निकटस्थका अनुसार उनी बसमा काठमाडौं गइरहेका थिए। उनको त्यहीँ बसमै निधन भएको हो। उनी लामो समयदेखि […]
राजेन्द्र विक ,बाजुरा । गाउँमा प्रसूति सेवा नहुँदा बाजुराका गर्भवती महिलाहरू बाटोमै बच्चा जन्माउन बाध्य भइरहेका छन्। यसको एक उदाहरण हुन् जिल्लाको हिमाली गाउँपालिका वडा नं. १ को बामु गाउँकी नानी रोकाया । रोकाया शुक्रबार सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्र जाऊँ भनेर बाटोमा जाँदै गर्दा सुत्केरी भएकी छन्। दुई […]
काठमाडौँ: कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ। हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो। दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्। यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना […]
धनगढी: सुदूरपश्चिम युवा स्वरोजगार विकास कोषले कृषि कर्जा उपलब्ध गराउने भएको छ। व्यवसायिक खेती खर्न चाहने करिव २ हजार युवाहरूलाई युवा स्वरोजगार कोषले चालु आर्थिक वर्षमा कर्जा प्रदान गर्ने योजना बनाएको हो। प्रदेश भरका सहकारी संस्थालाई कार्यक्रममा सहभागी हुन कोषले सार्वजनिक सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले १ अर्व २ करोड पुँजीको प्रदेश स्वरोजगार […]
धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । पार्टी […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि […]
धनगढीः कैलालीको धनगढीमा एकजना डेंगु संक्रमितको मृत्यु भयो। उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको हो। शाहीको उपचारको क्रममा मंगलबार बिहान नै मृत्यु भएपनि बुधबार मात्र डेंगु पुष्टि भएको थियो। पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण […]
‘गौराको बिरुडो ठूलो, दशैँको जमरा आउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गरे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका […]
सिरहा नगरपालिका-९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो । आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना […]