होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि […]
काठमाडौँ । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । सर्वहारा गरिब […]
लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो ।जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण दिइएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी […]
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका […]
धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई […]
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधन ऐन पारित गरेर संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन सक्रियता बढाएका छन् । १२ बुँदे सहमति भएर शान्ति प्रक्रियामा आएको १६ वर्ष पुग्दासमेत यो विषय टुङ्गिन सकेको छैन । संक्रमणकालीन न्यायको विषय टुङ्गो लगाउन प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसहित कांग्रेस […]
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो । बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको छ । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ […]
धनगढी– प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ । प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको […]
बाजुरा– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक […]
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड […]
नागरिक रैबार बाजुरा ४ बैशाख माथिल्लाे कर्णाली तथा जल पर्यटन महाेत्सव आजबाट हिमाली गाउँपालिकाकाे धुलाचाैरमा सूरू भएकाे छ । महोत्सवको एक कार्यक्रमका विच बाजुराका प्रतिनिधी सभा सदस्य सांसद बर्दि पाण्डेले उद्धघाटन गरेका छन । हिमाली गाउँपालिका र स्वामिकार्तिक खापार गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकायकाे सहयाेगमा आजदेखी सुरु भएकाे महोत्सवकाे उद्धघाटन सांसद […]
प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]
बाजुरा — कर्णाली तिरमा आयोजना हुने माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । दुईवटा गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकाय बीचको सहकार्यमा महोत्सव हुन लागेको हाे ।आजबाट हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको तिर कर्णालीको बगरमा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएकाे छ । कर्णाली, […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन् । सभामुख देवराज घिमिरे, कांग्रेस नेता रमेश लेखकलगायतका नेता पनि बालकोट पुगेका छन् । तीन दलका शीर्ष नेताबीच टीआरसी र […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा पहिलोपटक हुन् लागेको माथिल्लो कर्णाली जल पर्यटन पर्यटन महोत्सवको तयारी पुरा भएको छ । भोलीबाट हिमाली गाउँपालिकाको धुलाचौरमा संचालन हुने महोत्सवको तयारी पुरा भएको र महोत्सवको एक औपचारिक कार्यक्रमका विच बाजुरा जिल्लाका माननीय बद्रीप्रसाद पाण्डेले समुद्घाटन् गर्ने हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । “जैविक […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारीको बैकल्पिक सडकको निर्माण कार्य पुरा भएको छ । विगत पाँच वर्ष देखि वर्षातका ५ महिना बल्दे-दवारीको १ किलोमिटर सडकमा खसेको पहिरोका कारण बन्द हुँदै आएको उक्त स्थानमा बैकल्पिक सडक निर्माणको काम पुरा भएपछि यस वर्ष वर्षातमा समेत सदरमुकाम मार्तडीसम्म नियमित यातायात सेवा संचालन […]