होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिजनेस विहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारका मुद्दा ओझेलमा
समाचार

बिजनेस विहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारका मुद्दा ओझेलमा

  • नागरिक रैबार
बिजनेस विहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारका मुद्दा ओझेलमा

धनगढी– प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ ।
प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभाको दोस्रो निर्वाचनयता केबल मुख्यमन्त्रीलाई समर्थन तथा विश्वासको मत दिनेमा बैठक सीमित देखिएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वास मत लिनका लागि फागुन २१ गते प्रदेशसभाको बैठक सञ्चालन भएको थियो । त्यसयता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन ।

प्रदेशसभा दोस्रो कार्यकालमा प्रवेश गरेको चार महिनाभन्दा बढी भइसकेको छ । यो अवधिमा सरकार निर्माण र सभामुख, उपसभामुख चयनका लागि बाहेक अन्य विषयका लागि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

अहिले प्रदेशसभा कामविहीन अवस्थामा छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैसीले प्रदेशसभामा एउटा पनि बिजनेस नरहेका कारण बैठक सञ्चालन नभएको जानकारी दिए । प्रदेश सरकारले अहिलेसम्म प्रदेशसभा सचिवालयमा एउटा पनि विधेयक दर्ता नगराएको उनको भनाइ छ ।

विज्ञापन

उनले भने, ‘केही काम छैन । भूमिकाबिहीन जस्तै भइयो । बिजनेसको बारेमा सरकारसँग सोध्नुप¥यो ।’ प्रदेशसभा नै कामबिहीन बनेपछि जनताका आवाज उठ्न सकेका छैनन् । योसँगै प्रदेशसभा सदस्यहरु तथा सचिवालयका कर्मचारी फुर्सदिला भएका छन् ।

सदन सञ्चालनको दबाब सिर्जनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भूमिका पनि कमजोर देखिएको छ । तर नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आफूहरुले सकेसम्म सरकारलाई दबाब सिर्जना गर्दै आएको दाबी गरे।

उनले भने, ‘मैले पहिलेदेखि भन्दै आएको छु, यो सत्ता गठबन्धन नीति र विधिसम्मत बनेको छैन । चलेको पनि छैन । जनताको काम कुरा कहाँ हो कहाँ, सत्ता र कुर्सीकै भागबण्डामा अल्झिएको छ । अहिले जनताको लागि बजेट निर्माण गर्ने बेला हो तर अत्तोपत्तो छैन ।’

केन्द्रकै मुख ताक्ने मानसिकताले समस्या : सभामुख भण्डारी

प्रदेशसभा सञ्चालन हुन नसक्नुको मुख्य कारण केन्द्रिकृत मानसिकता रहेको सभामुख भीम बहादुर भण्डारीको भनाइ छ ।भण्डारीले भने, ‘पहिलो कुरा संघीयता कार्यान्वयनमा समस्या छ । जुन कुरामा पनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति जुनसुकै पार्टी, कर्मचारी संरचनामा छ । प्रदेश संरचनालाई मातहतको निकाय ठान्नेले बिगारेको छ । प्रदेशले स्वनिर्णय लिन सबै तहको नेतृत्वले गम्भीरता अपनाउन जरुरी छ ।’

मंसिर ४ गतेकोे निर्वाचनबाट प्रदेशसभा गठन भएपछि पहिलो बैठक पुस १५ गते बसेको थियो । त्यसपछि मुख्यमन्त्री, सभामुख, उपसभामुख चयन र विश्वासको मत लिनका लागिमात्रै प्रदेशसभा बैठक बसेको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशसभाको ८ वटा बैठकमात्रै बसेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि पछिल्लो समय फागुन २१ गते प्रदेशसभाको बैठक बसेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार