होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एउटै गाडी चढेर बालकोट पुगे प्रचण्ड–देउवा
समाचार

एउटै गाडी चढेर बालकोट पुगे प्रचण्ड–देउवा

  • नागरिक रैबार
एउटै गाडी चढेर बालकोट पुगे प्रचण्ड–देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन् ।

सभामुख देवराज घिमिरे, कांग्रेस नेता रमेश लेखकलगायतका नेता पनि बालकोट पुगेका छन् । तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयासस्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ ।

सचिवालयले आज भने ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाएको छ । आइतबार पनिबालकोटमा छलफल हुने भनिएपनि प्रचण्ड र देउवा नजाँदा छलफल स्थगित भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार