होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको बताए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क […]
हुम्ला । हिमाली जिल्ला हुम्लाका किसान आफूले उत्पादन गरेको गोलभेँडा बेच्न २ घण्टा पैदल हिँड्छन् । बारीमा उत्पादन भएको गोलभेँडा बजारसम्म पुर्याउन किसान पिठ्यूँमा भारी बोकेर २ घण्टा हिँड्ने गरेका छन् । खार्पुनाथ गाउँपालिका-४ का बासिन्दा जोइजाली शाही दुई घण्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर गोलभेँडा बिक्री गर्छन् । उनी भन्छिन् ‘प्रतिकेजी २५०रुपैयाँमा १० केजी गोलभेँडा […]
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । हस्तान्तरण गरिएका […]
नेपाल राष्ट्र बैंकले शनिबार (भोलि) बैंकहरू खुला राख्न निर्देशन दिएको छ ।क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू […]
२६ असार, पोखरा । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् ।पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर […]
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन रोक्न पार्टीले संस्थागत रुपमै निर्देशन दिनुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा नेताहरुले आरोप प्रत्यारोप र प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका हुन् । त्यसका लागि संस्थागत निर्देशन दिन नेतृत्वलाई आग्रह गरिने एक नेताले बताए l पार्टी एकतालाई जुनसुकै हालतमा जोगाउनुपर्ने […]
२५ असार, काठमाडौं । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ । असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख २६ हजार हेक्टरमा धान रोपाइँ भएको […]
२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
धनगढी : सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिममा सञ्चालन नगरिने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिमका यातायात व्यवसायीहरुले तत्काल यातायात सञ्चालन गर्न नसकिने बताएका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सरकारबाट बैंक किस्ता, ब्याज […]
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर जातीय छुवाछूत मुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्याक्रमको आयोजनाका बिच जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषण भएको हो । छुवाछुत आफ्नै वडाबाट अन्त्य गर्ने अभियानका साथ सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बोल्दै सोही वडाका अध्यक्ष भीमबहादुर तामाङले यो देशब्यापी […]
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौंबाहिर पनि एक जिल्लाबाट अर्कोमा जान नपाउने गरी सार्वजनिक सवारीसाधन चल्न पाउनेछन् । बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय […]
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो […]
सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश […]
धनगढी : कैलालीमा प्रहरीको थुनाबाट भागेका अभियुक्तको १७ घण्टादेखि खोजी जारी राखिएको छ। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित भागेपछि उनको खोजी भईरहेको हो। ‘ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला राति ९ बजे हत्कडी सहित भागेका थिए,’ कैलाली प्रहरीका […]
बाजुरा: बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ। किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन्। गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली […]
२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]
काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिँदै । बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको […]
काठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार राति आएको बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् । बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो । अविरल वर्षासँगै आएको […]
राजेन्द्र बहादुर राेकाया बाजुरा । बाजुरामा नदीमा डुबेर वेपत्ता भएका १९ वर्षीया युकलाई खाजी गर्न गाताखोरको टाली बाजुरा आएको छ । जिल्लाको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका प्र्ताब थापाको खोजीका लागि गोताखोरकोटोली बाजुरा आएको हो । नदी भित्रको बस्तु स्थिति वा अवस्था बारे खोजीका लागि टोली बाजुरा आएर खोजी कार्य सुरु गरेका छन् । बुढीगंगा […]
नागरिक रैबार/बाजुरा २५ असार। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ पुडावावलामा ३ जना किसोरीमाथि सामुहिक बलात्कारको प्रयास भएको छ । बुधबार राति घरमा सुतिरहेको बेला अन्दाजी १२, १४ र १४ वर्षिया ३ जना किसोरीहरुमाथि सोही वडाका कर्मचारी नृप रावतले सामुहिक बलत्कारको प्रयास गरेको गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष मीनबहादुर खड्काले बताएका छन् । किसोरीहरु […]