होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मौसमको खराबीले धुलिखेलबाटै फर्कियो बाह्रबिसे उडेको सभामुखको टोली
समाचार

मौसमको खराबीले धुलिखेलबाटै फर्कियो बाह्रबिसे उडेको सभामुखको टोली

  • नागरिक रैबार
मौसमको खराबीले धुलिखेलबाटै फर्कियो बाह्रबिसे उडेको सभामुखको टोली

काठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार राति आएको बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् ।

बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो ।

अविरल वर्षासँगै आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

विज्ञापन

यसैबीच नेपाली सेनाले बाह्रबिसेबाट उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार