होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा प्रहरीको थुनाबाट भागेका युवकको १७ घण्टादेखि खोजी जारी, प्रहरीमाथि पनि छानविन हुने
समाचार

कैलालीमा प्रहरीको थुनाबाट भागेका युवकको १७ घण्टादेखि खोजी जारी, प्रहरीमाथि पनि छानविन हुने

  • नागरिक रैबार
कैलालीमा प्रहरीको थुनाबाट भागेका युवकको १७ घण्टादेखि खोजी जारी, प्रहरीमाथि पनि छानविन हुने

धनगढी : कैलालीमा प्रहरीको थुनाबाट भागेका अभियुक्तको १७ घण्टादेखि खोजी जारी राखिएको छ। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित भागेपछि उनको खोजी भईरहेको हो।

‘ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला राति ९ बजे हत्कडी सहित भागेका थिए,’ कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले भने, ‘राति ९ बजेदेखि नै खोजी जारी छ। प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको छ।’

ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए। उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ।

विज्ञापन

घरको पश्चिम पट्टी अरहरको झारले छोपेको अवस्थामा शव फेला परेको थियो।  यता सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले इलाका प्रहरी कार्यालय फल्टुडेमा कार्यरत प्रहरीमाथि पनि छानविन हुने दिनेश खवरलाई जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार