होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मेलम्ची, ३१ असार । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परिक्षणको क्रममा सुरुङको १७ नं गेट फुट्दा हिजो दिउँसो १२ बजे बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएका थिए । तिमध्ये इन्जिनियर सतिस गोहितको शव […]
काठमाडौं, ३१ असार । यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् ।यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् । सरकारले आफुहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय […]
पोखरा : सशस्त्र प्रहरीका एसएसपी बलात्कारको आरोपमा बुधबार पक्राउ परेका छन् । सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ। पोखराको लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पीडित महिलालाई स्वास्थ्य […]
काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।आज दिउँसो उपचारको क्रममा रौतहट परोहाका ३६ बर्षीय एक पुरुषको कोभिड १९ कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार केही दिन अघि भारतबाट फर्किएका ती पुरुष रौतहटको परोहाको क्वारेन्टाइनमा […]
सुर्खेत: प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। […]
काठमाडौं । प्रत्येक नाई श्रमिक (कपाल काट्ने)लाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले महानगरका जनप्रतिनिधि, कुचिकार र सवारी चालकलाई साइकल दिने निर्णय गरेपछि महानगरमा अब साइकलपारखी बढ्ने भएका हुन् । काममा […]
नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
मदन विक/बाजुरा ३० असार। बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन गरिएको छ । यस अघि बाजुराका विभिन्न ठाउँमा देउडा गीतहरुको छायांकन गरिएका भएपनि आधुनिक गीतको छायांकन भने बाजुरामा पहिलो पटक भएको हो । मंगलबार दिउसो करिव २ बजेतीरको कुरा हो सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक मान्छेहरुले भरिभराउ देखिन्थ्यो । यस अघि फाट्ट फुट्ट मानिसहरु जम्मा सो ठाउँमा […]
काठमाडौं, ३० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिनुभएको छ । उहाँले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्रीलाई अनुरोध पनि गर्नुभएको छ । नेता गौतमले फेसबुकमार्फत राम जन्मभूमिको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत […]
काठमाडौं, ३० असार । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ३४ जना […]
काठमाडौं, ३० असार । रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुरगामी महत्वको […]
नागरिक रैबार/बाजुरा ३० असार। नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले जिल्ला स्थित संचार माध्यममा कार्यरत पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । युनियनले मंगलबार एक औपचारिक कार्यक्रमका विच जिल्लास्थित दर्जन बढी संचार माध्यममा कार्यरत पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरेको हो । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढीरहेका बेला पत्रकारहरु अग्रस्थानमा रहेर काम गरिरहेकोले […]
काठमाडौं ३० असार। नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. मानबहादुर बीकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बीकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीनमध्येबाट बीके सचिव […]
कञ्चनपुर: भारतबाट मल ल्याउन पाउनुपर्ने माग राख्दै कञ्चनपुरका किसानहरु आन्दोलित भएका छन्। भीमदत्त नगरपालिका–१३ का किसानहरु खेतमा मलको अभाव भएपछि भारतबाट ल्याउन दिनुपर्ने माग राख्दै आन्दोलित हुन। मंगलबार बिहानदेखि झोलुंगे पुलमा ताला लगाएर स्थानीय किसानहरुले आन्दोलन गरिरहेका छन्। खेतमा हाल्नको लागि मलखाद नभएको र सरकारले अहिलेसम्म पनि कुनै व्यवस्था नगरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको स्थानीय […]
बैतडी: दार्चुलामा कृषि ज्ञान केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम खलंगा मै साउन एक गतेबाट कृषि कार्यालय स्थापना हुने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। यसअघि दार्चुला र बैतडी दुबै जिल्ला कृषि ज्ञान केन्द्र बैतडीले हेर्ने गरेको थियो। दुवै जिल्लालाई एकै जिल्लाबाट हेर्न असहज हुन थालेपछि कार्यालय स्थापना हुन लागेको चन्दले बताए। दिनेशखबरबाट
धनगढी : गत असार १९ गते सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि पाँच सय १५ जनामा कोरोना भाइरस पुष्टि भयो। धनगढी प्रयोगशाला र काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पाँच सय १५ जनामा कोरोना पुष्टि भएको थियो। सो दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा […]
राजेन्द्र बिक/बाजुरा ३०असार। बन्दाबन्दिको समयमापनि बालबालिकाको सिकाइलाइ निरन्तरता दिन संचालन गरिएको रेडियो कार्यक्रम सिक्दै सिकाउंदै बाजुरामा अत्यन्तै प्रभावकारी बन्दै गएको छ । दुर्गम जिल्लाका दुरदराज स्थित गाउँका अभिभावकहरुलाई बालबालिका प्रतीको आमा बुवाको जिम्मेवारि बोध गराइ बालबालिकाको खेल्दै सिक्दैको वातावरण लाई सिर्जनात्मक बनाउने उद्देश्यका साथ संचालन गरिएको सो कार्यक्रम युनिसेफ नेपालको आर्थिक तथा प्राबिधिक सहयोग सेतो […]
३० असार, काठमाडौं । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रूकुमकाे चाैरजहारी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ । अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको […]
काठमाडौं : जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारिगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नौ खेलाडीलाई रारिगुराँसका अध्यक्ष एकेमी मिजुबाको पहलमा प्रत्येक खेलाडीलाई पाँच हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक कविराजनेगी लामाले जानकारी दिए। रारिगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक […]