होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई साइकल
पत्रपत्रिका

काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई साइकल

  • नागरिक रैबार
काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई साइकल

काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले महानगरका जनप्रतिनिधि, कुचिकार र सवारी चालकलाई साइकल दिने निर्णय गरेपछि महानगरमा अब साइकलपारखी बढ्ने भएका हुन् ।

काममा छिटोछरितो, गल्ली गल्छेडामा सहज आवागमन, द्रुत रूपमा घरदैलो पुग्न र स्वच्छ वातावरणका लागि महानगरपालिकाले निर्वाचित प्रतिनिधिसहित कर्मचारीलाई साइकल दिने निर्णय गरेको महानगरका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

वातावरणीय स्वच्छता, सहज र छिटोछरितो आवगमन, पार्किङ सुलभतालाई हेरेर यस्तो निर्णय गरेको उनि बताउँछिन् । उनले नीति तथा कार्यक्रमबाट पारित भइसकेकाले नयाँ आर्थिक वर्ष लागेपछि साइकल वितरण प्रक्रिया सुरु हुने जानकारी दिइन् । कामनपा–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार साइकल दिने निर्णयले सबै कर्मचारी प्रसन्न छन् ।

विज्ञापन

कर्मचारी साइकलको प्रतीक्षामा छन्, कतिपय साइकल चलाउन नजानेकाले सिकिरहेका छन् । कामनपा–२० का सदस्य युनिस चित्रकार विगतमा वडाध्यक्षलाई ३० हजार रुपियाँको मोबाइल दिँदा मोबाइल शुल्क लिएर गएकोजस्तो साइकलमा नहोस् भन्छन । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार