होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैंची र काइयोसँगै आन्दोलनमा उत्रिए नाई श्रमिक
समाचार

कैंची र काइयोसँगै आन्दोलनमा उत्रिए नाई श्रमिक

  • नागरिक रैबार
कैंची र काइयोसँगै आन्दोलनमा उत्रिए नाई श्रमिक

काठमाडौं । प्रत्येक नाई श्रमिक (कपाल काट्ने)लाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् ।

नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

विज्ञापन

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजार रुपैयाँका दरले दिनुपर्ने, देशभरिका श्रमिकहरुलाई निःशुल्क पिपिई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख रुपैयाँ बराबरको जीवन बिमाको व्यवस्था गर्नुपर्ने माग गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार