होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ । सेनाले घटना अप्ठेरामा परेका […]
तनहुँ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई […]
बुटवल १० असोज । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ । बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ। महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका […]
धनगढी– सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन्। सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक […]
रामबहादुर विक/बाजुरा ९ असोज। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं २ बाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । वडा नं २ की २१ बर्षिया केशपुरा सार्कीलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको जगनाथ गाँउपालिकाका प्रवक्ता डवल बहादुर बिकले बताउनु भएको छ । गर्भवती सार्की घरमा सूत्केरी हुन नसकेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन ल्याईको थियो […]
धनगढी– सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ५८ जनामा संक्रमढा पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक/एक जना गरी थप ७ जनामा कोरोना पुष्टि […]
राजेन्द्र बिक बाजुरा ९असोज । सेतो गुराँस बालबिकास सेवा बाजुरा द्वारा संचालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रम भर्चुअल गोस्ठी मार्फत सप्पन्न भएको छ। जिल्ला भित्रका ८ ओटा स्थानीय तहहरुमा नियमित रुपमा प्रारम्भिक बालविकास कार्यक्रमको गुणस्तर सुधार गर्न स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा विभिन्न कृयाकलापहरु संचालन भई […]
अनिल शाही/बाजुरा ९ असोज। कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढी बाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढी देखि बाजुरा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना परीक्षणका लागि सेती प्रादेशीक अप्पताल धनगढीमा स्वाव संकलन गराउनु भएका उहाँ […]
नागरिक रैबार/बाजुरा ८ असोज। काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो ! यो भनाई नेपाली काँग्रेस पार्टी परित्याग गरि सोमबार मात्रै नेकपामा प्रवेश गरेका बडीमालिका नगरपालिका १ का युवा गणेश खड्काको हो । उनले भने हामी हो विगत देखि काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सहयात्रा गरेर बसेका थियौं । […]
रामबहादुर विक/ बाजुरा ८ असोज। बाजुराका महिलाहरु पछिल्लो समयमा सिलाईकटाई व्यवसायमा सक्रिय भएर लागेका देखिन्छन् । चुलो, चौकोमा मात्रै सिमित हुनुभन्दा आयआर्जन मुलक सीप गरेर महिलापनि आफै आत्मनिर्भर बन्न सक्छन् भन्ने उद्देश्यले यहाँका कतिपय महिलाहरु पछिल्लो समयमा यो पेशालाई व्यवसाय नै बनाएर लागेका देखिन्छन् । दर्गम तथा पिछडीएको जिल्ला भनेर चिनिने बाजुराका हरेक ग्रामिण स्तरमा […]
नागरिक रैबार/बाजुरा ८ असोज । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित परिवारले वडा कार्यालयमा तालावन्दि गरेका छन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई प्रमुख स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा तालावन्दि गरेका हुन् । वडा अध्यक्ष बलबहादुर थापा र […]
काठमाडौं ८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा […]
काठमाडौँ – पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना […]
राजेन्द्र बिक/बाजुरा ८असोज । स्थानीय लेखकहरुको क्षमता अभिबृदीका लागि संचालित ५दिने कार्यशाला सम्पन्न भएको छ।बालबालिकाको शिक्षण सिकाइमा तहगत पाठ्यपुस्तकको महत्व बुझाउन तथा स्थानीय लेखकहरुको क्षमता अभिबृदी गराइ तहगत सरल किताब लेखी Bloom Book Library मा भएका पुस्तकहरु खोल्न र डाउनलोड गर्न सकुन भन्ने उदेश्यका साथ संचालन भएको तालिम यहि असोज ४गतेबाट शुरु भइ आज सम्पन्न […]
रामबहादुर विक/बाजुरा ८ असोज। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि ३ सिप्टमा पढाई संचालन हुँदै आएको छ ।कोरोना भाईरस कोभिड-१९ का कारण गत चैत ११ गते देखि सरकारले जारी गरेको लकडाउनका कारण विद्यालय सञ्चालन हुन् सकेका थिएन्न । लामो समय देखि बन्द भएका सामुदायिक विद्यालयहरुमा अहिले क्रमस पढाई संचालन हुन […]
जीवन कैला/कोल्टी ८ असोज । बाजुराको वुढीनन्दा नगरपालिका वडा नं दुईमा रहेको कोल्टी डिपोमा आज देखि खाद्यान्न वितरण सुरु भएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड डिपो कार्यालय कोल्टी बाजुरामा आज देखि खाद्यान्न वितरण सुरु भएको हो । संस्थानमा खाद्यान्न अभाव भएको करीव दुई महिना पछि कार्यालयमा चामल पुगे लगत्तै विक्रि वितरण गर्न […]
काठमाडौं । स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण १० जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । […]
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । […]