होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
Breaking News

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

धनगढी– सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक  अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन्।

सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक सय १३, बैतडीमा ७९ जना संक्रिय संक्रमित रहेका छन्। यस्तै दार्चुलामा ३७, कञ्चनपुरमा ३४ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ।

यस्तै प्रदेशका पाँच हजार ८ सय ७३ जनाले कोरोना जितेका छन्। सबैभन्दा बढि कैलालीका एक हजार सात सय ४५, डोटीका नौँ सय ४७, अछामका नौँ सय १६, कञ्चनपुरका सात सय २९, बाजुराका चार सय ५१, बझाङका तीन सय ८९, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ।

विज्ञापन

सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ८७ पुगेको छ भने स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। संक्रमित १६ जनाको मृत्यु भईसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार