होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २० कात्तिक। नेपाल पत्रकार महासंघले यही २६ कात्तिकमा तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ ।कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनर्वहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दसैँ खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा […]
नवलपरासी (सुस्ता पश्चिम) २० कात्तिक। नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ […]
काठमाडौं, २० कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख घूस रकमसहित विधुत् प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ । हेटौँडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले […]
धनगढीः कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, […]
धनगढीः सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह घर फर्किएका छन् । सेतीको कोभिड अस्थायी अस्पतालका अनुसार उनी होमआइसोलेनमा बस्ने भन्दै घर फर्किएका हुन् । कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार अस्तालमा भर्ना भएका थिए । दिनेशखबरबाट
नागरिक रैबार/बाजुरा २० कार्तिक। बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ । विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो । खेलको अन्तिम दिन विहिबार नेपाल प्रहरी र कन्सन बाजुरा विच […]
२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा […]
२० कात्तिक, काठमाडौं । ‘मागीखाने र अल्छीहरुको शहर बनाएर बेइज्जत गर्न खोजेको’ भन्दै काठमाडौं महानगरपालिकाले शनिबारदेखि खुल्लामञ्चमा खाना खुवाउने काम बन्द गर्ने निर्देशन दियो । खाना खुवाउनेस्थलमा सुरक्षाकर्मी खटाइयो । सरकारको निर्देशनपछि पनि ठूलो संख्यामा खाना खुवाउने अभियान टुँडिखेलमा जारी छ । अहिले पनि यहाँ दैनिक खानका लागि पाँच सयभन्दा बढी उपस्थित हुन्छन् । उनीहरुलाई […]
अछाम । अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ । खेतसँगै रहेको भैंसी गोठ पनि बगायो र घरसँगै रहेको पाखोबारी पनि बाढीले […]
२० कात्तिक, काठमाडौं । सिन्धुलीमा एक कोरोना संक्रमितको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । मृत्युपछि शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो । दसैंको टीकाको भोलिपल्ट कात्तिक ११ गते संक्रमित पुरूष अचानक घरमै लड्न पुगेका थिए । आफन्तका अनुसार उनलाई […]
२० कात्तिक, धनगढी । कोरोना संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । नाकबाट रगत […]
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् । चुलाचुली नगरपालिका– ६ इलामकी ८४ वर्षकी महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार मृत्यु […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका पुर्व सभापति मनबहादुर रावललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पुर्व सभापति रावलको सेति प्रादेशिक अस्पताल धनगढीमा पिसिआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रावललाई स्वास फेर्न समस्या भएपछि कार्तिक १७ गते उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । बाजुरा […]
१९ कात्तिक, कैलाली । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् ।कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका थिए । घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ । हत्या काण्डामा संलग्न रहेको […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। जिल्ला सदरमुकाम मार्तडीमा एकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नम्मबर ६ सटेडाका ५५ वर्षीय देवबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार रोकायालाई दमको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याईएको थियो । बुधबार दिउसो उपचारका क्रममा रोकायाको अस्पतालमा […]
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ […]
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता […]
धनगढीः कैलालीका १७ सहित सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
धनगढी: डोटीको केआई सिंह गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अप्रेटर र एक जना वडा सचिवमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ । दिनेशखबरबाट
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा […]