होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा मंगलबार थपिए ४० जना संक्रमित
समाचार

सुदूरपश्चिममा मंगलबार थपिए ४० जना संक्रमित

  • नागरिक रैबार
सुदूरपश्चिममा मंगलबार थपिए ४० जना संक्रमित

धनगढीः कैलालीका १७ सहित सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती अस्पताल प्रयोगशालामा २० जना, डोटी अस्पताल प्रयोगशालामा ७ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ६ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ४ जना र जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ७८ जनाको परीक्षण गर्दा कैलालीका १७ सहित थप २० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

विज्ञापन

उप–महानगरपालिकाको वडा नम्बर  ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एकरएक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१, बैतडीको दशरथचन्द नगरपालिका–३ र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा एकरएक जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ९ सय ५५ पुगेको छ।  संक्रमित मध्ये ८ हजार १ सय ३८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार