होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुर्खेत — कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो । घुमन्ते जीवन बिताउने राउटेलाई गुराँस गाउँपालिकाले परिचपयपत्र […]
२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् । त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी […]
काठमाडौं । मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक बसे । बिहान नौ बजे बालुवाटारमा आयोजित बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरे भने मध्यान्ह बबरमहलमा भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरे । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थपेको र पार्टी प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई चयन गरेको घोषणा गर्यो । प्रचण्ड समूहले […]
काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रामा विभाजित भएको छ । […]
काठमाडौं । राजनीतिक स्थायित्व र समृद्धिको नारासहित वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिए । जनताले उनीहरुको नारालाई मन पराएर झण्डै दुई तिहाई मत दिए । चुनावपछि दुबैले पार्टी एकीकरण गरे र शक्तिशाली सरकार बनाए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई यो […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद […]
नागरिक रैबार/बाजुरा ७ पुस।जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे मालिका नमुना माविकाे विद्यालय व्यवस्थापन समिति २ साता वित्न लाग्दा समेत गठन हुन सकेकाे छैन् । विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षकाे पदमा ७ जनाकाे उम्मेदवारी परेपछि गठन प्रकृया लम्विएकाे बुझिएकाे छ । विव्यस अध्यक्षकाे पदका लागि निवर्तमान अध्यक्ष दिर्घराज पाद्याय, अशाेक रावल, बसन्त विश्वकर्मा, दिलिप रावल (कालु) कर्ण रावल, […]
नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई हटाइएसँगै नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ […]
बाजुरा ७ पुस । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन । आज मंगलबार दिउसाेँ दुई बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिलालाई समातेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । प्रहरी प्रमुख […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार सो पार्टीका नेताहरुले रिट दायर गरेका हुन् । नेकपाकै सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए भने रिट दर्ता भइसकेको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद […]
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले […]
नागरिक रैबार/बाजुरा ७ मंसिर। जिल्लाकाे सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने शंकास्पद कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन् । मंगलबार दिउसो सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी प्रमुख मदनजित महराका अनुसार पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा […]
नागरिक रैबार बाजुरा ७ मंसिर बडीमालिका नगरपालिका वडा नं. ९ स्थित ओखलढंगा टोल सुधार समितिका महिलाहरुले मालिका मावि आसपास क्षेत्रको सरसफाई गरेका छन् । ओखलढुंगा टोल सुधार समितिकि अध्यक्ष सोधा नेपालीको नेतृत्वमा मालिका माविका भवनहरुको पछाडी रहेका नालाहरुमा थुप्रिएको फोहोरलाई सरसफाई गरेका हुन् । मालिका माविमा ४ जना विद्यार्थीमा कोरोना देखिएपछि गत आईतबारबाट १० दिनका […]
सिरहा– लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।वर्षौदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् । नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब […]
प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणा भएसँगै चुनावी खर्च कसरी जुट्छ भन्ने चासो बढ्न थालेको छ । यसपटक कोरोना प्रभावका कारण थलिएको अर्थतन्त्र र सरकारलाई आफ्नो दैनिक खर्चमै समस्या पर्ने अवस्थामा चुनावका लागि अतिरिक्त खर्च जुटाउँनै सकस हुने देखिन्छ । कतिपयले चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुनसक्ने […]
नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसद विघटन गर्न लिएको कदमले सबै तह तप्कामा प्रभाव पारेको छ।सुदूरपश्चिम प्रदेशस्थित ८८ वटा स्थानीय तह पनि निकै प्रभावित भएका छन्। अन्योलता सँगै रन्भुल्लको अवस्था सिर्जना भएको हो। विकासे गतिविधिमा सक्रिय स्थानीय तहको ध्यान एकाएक वैशाखमा हुने भनेर घोषणा भएको चुनावमा केन्द्रित भएको छ।यतिमात्रै होइन […]
धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ३ सयको नमूना परीक्षण गर्दा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला डाटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको परीक्षण गर्दा थप ४४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन देशवासीलाई आह्वान गरेका छन् ।प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्न नपाएपछि ताजा जनादेशमा जाने निर्णय गरिएको र त्यसमा होमिन देशवासीलाई आह्वान गरेका हुन् । सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट […]
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)लगायतले संयुक्त प्रतिवाद निष्कर्ष निकालेका छन् । […]