होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • विनोद बाजुरालीको ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक(भिडियो)
मनोरञ्जन

विनोद बाजुरालीको ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक(भिडियो)

  • नागरिक रैबार
विनोद बाजुरालीको ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक(भिडियो)

नागरिक रैबार/बाजुरा १ माघ। चर्चित एरेन्जर विनोद बाजुराली र रेखा जोशीको स्वरमा ‘नबाड्याकी ठ्याउकी’ बोलको ठट्याउली गीत सार्वजनिक भएको छ ।

गीतका गायक समेत रहेका बाजुरालीकै लय, शव्द, स्वर र एरेन्जमा तयार भहेको उक्त गीत विहिबार शुभारम्भ डिजिटल म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

आफ्नो जन्म दिनको अवसर पारेर उक्त गीत आज माघ १ गतेबाट बजारमा सार्वजनिक गरेको गायक विनोद बाजुरालीले बताएका छन् ।
उनले भने सुदूरपश्चिम पश्चिमको कला र संस्कतिलाई झल्किने गरी तयार पारिएको सो गीतमा छलिया शैलिमा नाचगान र बाजा सहित प्रयोग भएको भिडियोमा देख्न सकिन्छ । Image may contain: 11 people, including Chakra Bam, Rajendra Bajurali and Binod Bajurali, text that says 'SHUBHARAMBHA DIGITAL MUSIC PRESENTS नंबाइयादी THAPA BINOD BAJURALI'S BHIM माघ गते बिहीबार BINOD BAJURALI REKHA OSHI LYRICS/MUSIC /ARRANGE BINOD BAJURALI RAJENDRA BAJURALI /GOBINDA ARAJULI MAST KHADKA BAJURALI TUDIO MALASHREE ARTISTS CHAKRA BAM/ KARISHMA DHAKAL/ SANTOSH MAGRATI SAKSHAM PUDASAIN ANIMESH JORDAN BIKASH SHRESTHA UDIO/VIDEO SHUBHARAMBHA DIGITAL MUSIC, 9849141880 DIRECTION BHIM THAPA'

विज्ञापन

गीतका शव्दहरुमा गायक गायिकाको शारिरिक बनाउटलाई लक्षित गरेर सवाल जवाफ गरिएको छ । ‘नबाड्याकी ठ्याउकी’ ठट्यौली गीतमा भिम थापाको निर्देशन र काजिस श्रेष्ठको कोरियोग्राफि रहेको छ ।

भिडियोमा चक्र बम र करिष्मा ढकालको नृत्य सहित चर्चित कलाकारहरु खेम सेन्चुरी, सुमन थापा मगर, ओवि रायमाझी, लालबहादुर धामी, शम्भु कुँवर, धुर्व हिमाली, राजेन्द्र बाजुराली, अमृता लामिछाने कल्पना विसि, निरुता खत्री लगायतलाई भिडियोमा देख्न सकिन्छ । राजेश घिमिरेको छायाकंनमा तयार भएको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

मालश्री स्टुडियो राजेन्द्र बाजुराली र गोविन्द पराजुलीले रेकर्ड गरेको उक्त गीतको एरेन्ज, लय शव्द, र स्वर गायक बाजुरालीको नै रहेको छ भने गीतको अडियो सम्पादन खड्क बाजुरालीको रहेको छ । त्यस्तै गीतमा सहगायन स्मृति शाही र सुनितामि परियारको स्वर छ ।
गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालिले उत्पादन गरेको छ । गीत युट्युवमा सार्वजनिक भएसंगै चर्चामा रहेको छ । बाजुरालीको स्वरमा यस अघि हुन्यावाली जीवन साथी, घर मेरो प्रदेश नं. ७, भिरको घाँस, कणर्ाली पुल देउडा लगायत गितहरु सर्वाधिक चर्चामा रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै