होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तालिका सार्वजनिक
देश/प्रदेश

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तालिका सार्वजनिक

  • नागरिक रैबार
परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडाैं, २९ पुष । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहिबार भारत भ्रमणमा जानुुहने भएको छ । परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार भ्रमणका क्रममा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु, व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ ।

भ्रमणका दौरान ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उक्त भ्रमणमा मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतको सहभागिता रहने बताइएको छ । ज्ञवाली माघ ३ गते स्वदेश फर्कनुहुनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार