होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ माघ। बडीमालिका नगरपालिका ४ स्थित तिपाडा नजिकै बिहिबार विहान ट्याक्टर पल्टिएकाे छ । सांफेबगरबाट डिजेल पेट्राेल बाेकेर सदरमुकाम मार्तडी अाउँदै गरेकाे से १ त ८३८६ नम्बरको ट्याक्टर बिहिवार विहान तिपाडा बजार नजिकै पल्टिएकाे स्थानीय नरेन्द्र नाथले बताएका छन् । पल्टिएको ट्याक्टर कसकाे हाे भन्ने कुरा थाहा नभएकाे नाथकाे भनाई छ ।
बैतडी: स्थानीयहरुको श्रमदानमा निर्माण भएको सडकमार्गबाट बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा पहिलोपटक जीप पुगेको छ। सेरा–नङरौ–डिलाशैनी–मठैराज सडकखण्ड अन्तर्गत धामीगाउँमा जीप सञ्चालन भएपछि स्थानीयवासी हर्षित भएका छन्। सो सडक अहिलेसम्म १७ किलोमिटर निर्माण भइसकेको र अहिले पनि निर्माणकै चरणमा रहेको स्थानीयले बताएका छन्। सडक निर्माणका लागि प्रदेश सरकारको सहयोगमा ४ किलोमिटर खनिएको र बाँकी १३ किलोमिटर […]
काठमाण्डाै – भारतबाट आएको काेराेना भाइरसविरुद्धकाे १० लाख डाेज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र […]
हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा […]
काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट नभएको ओलीको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न […]
नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् ।भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै […]
काठमाडौं: प्रहरीले आफ्ने नवजात शिशुलाई फाल्ने एक आमालाई पक्राउ गरेको छ। बुधबार काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरस्थित झाडीमा शिशु फाल्ने २० वर्षीया महिलालाई पक्राउ गरेको हो। महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने ती अविवाहित महिला र शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको […]
काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र […]
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही […]
नागरिक रैबार/ बाजुुुुरा ७ माघ। गौमुल गाउँपालिकाले ओखर र स्याउको क्षेत्र विस्तार गरेकाे छ । आर्थिक बर्ष २०७५/०७६ सालमा गौमुल गाउँपालिकाको वडा नं. १ अन्द्राडीमा परिक्षणका लागि लगाईएको एक बर्षिय हाईडेन्सिटि स्याउ सफलता पुर्वक फलेपछि फलफूलको क्षेत्र विस्तार गर्न लागेको हो । गाउँपालिका समुन्द्रि सतहबाट १३०० मि. देखि करिब ३५०० मि. सम्म फलफुलका लागि खेतियोग्य […]
नागरिक रैबार/बाजुरा ७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका ६ सुदाडाका लालबहादुर सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् । घर नजिकै रहेको भैसी गोठमा लुकाएर राखेका तीन वटा घरेलु हतियार सहित सेजुवालाई मंगलबार […]
सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा […]
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति […]
सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ […]
नागरिक रैबार/बाजुरा ६ माघ। साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिनापछि सदरमुकाम मार्तडीमा आज ३ वटा बस पुगेका छन् । साँफे-मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि आज मार्तडीमा ३ वटा बस पुगेका हुन् । […]
सप्तरी, ६ माघ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना सोमबार बेलुका पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिकाका बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह […]
संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छ, जसअनुसार विश्वका १३ देश र आइल्यान्ड (टापू) अहिले कोरोनामुक्त भइसकेका छन् । यहाँ अहिले कोरोनाको कुनै पनि केस छैन । यद्यपी, विश्वका १ सय ३१ देशहरुमा कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिसकेको छ […]