होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • श्रमदानमा गरेर निर्माण भएको सडकबाट बैतडीको धामी गाउँमा जीप पुग्यो
समाचार

श्रमदानमा गरेर निर्माण भएको सडकबाट बैतडीको धामी गाउँमा जीप पुग्यो

  • नागरिक रैबार
श्रमदानमा गरेर निर्माण भएको सडकबाट बैतडीको धामी गाउँमा जीप पुग्यो

बैतडी: स्थानीयहरुको श्रमदानमा निर्माण भएको सडकमार्गबाट बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा पहिलोपटक जीप पुगेको छ।

सेरा–नङरौ–डिलाशैनी–मठैराज सडकखण्ड अन्तर्गत धामीगाउँमा जीप सञ्चालन भएपछि स्थानीयवासी हर्षित भएका छन्।

सो सडक अहिलेसम्म १७ किलोमिटर निर्माण भइसकेको र अहिले पनि निर्माणकै चरणमा रहेको स्थानीयले बताएका छन्।

विज्ञापन

 

सडक निर्माणका लागि प्रदेश सरकारको सहयोगमा ४ किलोमिटर खनिएको र बाँकी १३ किलोमिटर स्थानीयहरुको श्रमदानमा निर्माण भएको बताइएको छ।

सन्तोषप्रकाश जोशी नेतृत्वको समितिले जनश्रमदानमा सडक निर्माण गरिएको बताइएको छ।

ढुवानीमै धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता रहेकोमा अब सडक पुगेपछि सजिलो हुने विश्वास लिइएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार