होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने
समाचार

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने

  • नागरिक रैबार
हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने

काठमाण्डाै – भारतबाट आएको काेराेना भाइरसविरुद्धकाे १० लाख डाेज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ ।

भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताउनुभयो । बिहान ११ बजेर ५१ मिनेटमा भारतको एअर इण्डियाकाे जहाजबाट काठमाण्डौमा खोप ल्याइएको हो ।

विज्ञापन

कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार