होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रताप ओली बझाङः बझाङ प्रहरीले युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो। उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।बाजुरामा आज कोराना विरुद्धको पहिलो खोप जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई खोप लगाएर अभियानको सुरुवात गरेका हुन । बाजुरा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा सुरु गरिएको अभियानको पहिलो चरणमा […]
नागरिक रैबार/बाजुरा १५ माघ। बडीमालिका नगरपालिका ३ मा रहेको खणेनी जंगलमा आगलागी भएको छ । पिप्से र रजाली गाउँको विचमा रहेको खणेनी जंगलमा विहिबार विहान ११ बजेतिर आगालागी भएको हो । एक्कासी जँगलमा आगलागी भएपछि जंगलमा रहेका बोट, विरुवा, घाँस दाउरा जलेर नष्ट भएका छन् । सदरमुकाम मार्तडी नजिकैको जंगलमा आगो कसले लगाएको हो भन्ने […]
१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको […]
१५ माघ, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । खप्तडको प्रमुख प्रवेशद्वार झिंग्रानाबाट हेली टुर प्याकेजको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले […]
पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि परिवर्तन कसरी संस्थागत होला भनेर धेरैले चिन्ता गरेका थिए । संविधानसभामा रहेका राजनीतिक दल संविधानका अन्तर्वस्तुमा सहमतिमा पुग्न नसकेर दसतिर फर्किंदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले भन्थे, ‘दलहरू एक […]
जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई […]
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका […]
आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । उनले शुभारम्भ गरेसँगै आज सातवटै […]
नागरिक रैबार/बाजुरा १३ माघ।नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराको अध्यक्षमा गगन रावल र सचिवमा रमेश विकलाई जिम्मेवारी दिईएको छ । नेकपा बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) ले कोल्टीमा आयोजना गरेको बृहत जनसभामा कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य डाक्टर भिम रावलले नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा रमेश विकलाई जिम्मेवारी दिने घोषणा गर्नुभएको छ । […]
नागरिक रैबार बाजुरा १३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा हुने विरोध सभालाई सम्बोधन गर्न नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भिम रावल कोल्टीमा पुगेका छन् । विरोध सभालाई सम्बोधन गर्न नेकपा सुदूपश्चिम प्रदेशका ईन्चार्ज समेत रहेका डाक्टर रावल सहित केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक लगायतका […]
नागरिक रैबार बाजुरा १३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा विरोध प्रर्दशन सूरु भएको छ । गत पुस ५ गतेको प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरुद्धमा आयोजना गरिएको विरोध प्रर्दशन कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र (क) का ४ वटै स्थानीय तहका नेता तथा कार्यक्रर्ताहरु सहभागि भएका छन् । विरोध सभालाई नेपाल […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका लागि आयोगमा […]
नागरिक रैबार बाजुरा १२ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्ररचण्ड- नेपाल समूह बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुन लागेको विशाल जनसभालाई लक्षित गरेर कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । केपि ओलीको असंबैधानिक कदमका विरुद्ध कोल्टी क्षेत्रमा पहिलोपटक हुन लागेको नेकपा प्रचण्ड–नेपाल समूहको विशाल जनसभालाई मध्येनजर गरी कोल्टी क्षेत्रमा सुरक्षा निकायका […]
नागरिक रैबार/बाजुरा १२ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुने विशाल जनसभाको तयारी पुरा भएको छ । कोल्टीमा हुने विशाल जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा बाजुराका नेता पुरबहादुर रावतले बताएका छन् । भोली हुने विशाल जनसभामा १० हजार बढी नेता तथा कार्यक्रर्ताहरु सहभागि हुने नेकपा बाजुराका आन्दोलन […]
बाजुरा — बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार बिहाना ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुदा ६ जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । गाडी सडकमै पल्टेकाेले धेरै क्षेती नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले […]
११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली […]
११ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । […]
११ माघ, काठमाडौं । विश्वका धेरै मुलुकमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । दर्जनौ मुलुकले खोप ल्याउने योजना बनाइरहेका छन् । यतिबेला विश्वभर नै कोरोना खोपको माग उच्च छ । यसबीच चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग पनि विश्वभर बढ्दै गएको छ । अनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले पनि विश्वभर […]
नागरिक रैबार/ बाजुरा ११ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न गरिएको छ । नगर कमिटिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा बडीमालिका नगर कमिटीमा प्रचण्ड-माधवको पक्षमा ५४ जना देखिएका छन् । मार्तडीमा शनिबार सम्पन्न भएको नगरको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड-माधवको […]