होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल) नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक। टिकटकको यो लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ। रमाइलो गर्न र भाइरल हुने बहानामा मानिसहरु टिकटकमा हदैसम्म जाने गर्छन्। तर उनीहरु त्यसले पारिरहेको नकारात्मक असरबारे अनविज्ञ जस्तै छन्। झन पछिल्लो समय छाडापन तथा अश्लिलता पनि टिकटकमा मौलाउँदै गएको छ। टिकटकमा […]
कैलाली । घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले पु्रिएर मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रातोपाटीलाई जानकारी दिए । आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना […]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् । जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड […]
२४ माघ, काठमाडौं । आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ? जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन […]
बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार […]
चक्र बहादुर अएडी , माघ २३ बाजुरा । त्रिवेणी नगरपालिका वडा नम्वर ९ अन्तरर्गत प्रर्ने मलालगाउँमा रहेको रंग विस्टको घरमा आगलागि भएको छ । विहिवार राति करिव ११ बजे आगलागि हुदा घरमा राखेको नगद एक लाख पचास हजार रुपैयाँ , सुन र अन्य लत्ताकपडा , धान , गहँु, कोदो लगाएत गरि पाँच लाख बरावरको क्षेतिएको […]
बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान भने उत्साहित र खुशी भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात […]
प्रतिगमनको शृंखला नेपाली राजनीति जब–जब आन्दोलन वा क्रान्तिबाट अग्रगमनतर्फको यात्रा थाल्छ, अग्रगमन संस्थागत नै नभई तीव्र गतिमा प्रतिगामी दिशातिर वेग मार्न थालिहाल्छ । ००७ मा निरंकुश राणातन्त्रको अन्त्य भएपछि नेपालमा औपचारिक लोकतन्त्रको बीज रोपिएको थियो । तर, ०१७ मा राजा महेन्द्रले प्रतिगामी पञ्चायती व्यवस्थाको सुरुआत गरे । निरंकुश निर्दलीय पञ्चायतले मूलतः लोकतान्त्रिक राजनीतिक अभ्यासलाई ध्वस्त […]
नागरिक रैबार बाजुरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको बाजुरा जिल्लामा भने खासै प्रभाव देखिएन । तर, लामोदूरीका यातायात भने चलेका छैनन् । जिल्लाका अधिकाँश बजार, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी कार्यालय सबै सञ्चालनमा आईरहेका छन् । लामो दुरिका यातायात सञ्चालन नरहेपनि छोटो दुरिका यातायात […]
नागरिक रैबार बाजुरा २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला कमिटी बाजुराले केपी ओलीको असम्बैधानिक कदमका वि?द्ध राँके जुलस लोकतान्त्रिक चोकमा निकालिएको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीह?ले जुलुस निकालेका हुन् । ुभोलि देशभरकाृ बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित उनीह?ले राँके जुलुस निकालेका […]
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन्। गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो। गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। […]
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश […]
दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वंम समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तै पनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, सार्वजनिक पधेंरा प्रयोग गर्न नपाउने, दूध खान नपाउने, फलफूलका विरुवा […]
काठमाडौँ– एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ । अझ रोचक कुरा त के छ भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जीवित मानिसहरुको तुलनामा मृत्यु भइसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर […]
लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो। पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो। जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढायो। फलस्वरुप प्रदेशसभा स्थापनाका दुई वर्षमा ५९ वटा कानून बने। पछिल्लो समय भने कोरोना महामारीका कारण […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले […]
काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङको तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले बताए ।
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु […]
काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार […]