होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरामा बैशाख २२ गतेबाट जारी गरिएको निषेधाज्ञा थपिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निणर्य गरको हो । जिल्लामा कोरोना महामारी र संक्रमण दर यथावत रहेकाले फेरी पनि निषेधाज्ञा थप्नु परेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले […]
काठमाडौं, २० जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन् । ‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन,’ भर्चुअल बैठकमा खनालको […]
काठमाडौं, जेठ २०। सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा […]
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ । अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, […]
जेठ २०, बाजुरा । बाजुराको गौमुल गाउँपालिका-४ मानाकोटकी मीना सार्कीको बारीमा यसपालि नयाँ बिरूवा हुर्किरहेका छन्। हुर्केका मात्रै होइनन् ती बिरूवामा फूल फूलेका छन्, साना-साना दाना पनि लागिसकेका छन्।मीनाले वर्षौंदेखि आफ्नो बारीमा आलु, गहुँ र सिमी लगाइन्। तर जति नै मेहनत गरे पनि बारीको उब्जनीले उनको परिवारलाई वर्षभरि हातमुख जोड्न पुग्दैनथ्यो। गत वर्ष जिल्लाको कृषि […]
काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको […]
काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे बताएकाे छ । नेपालमा काेराेनाकाे नयँ भेरियन्ट फैलिएकाे भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएकाे छ । नेपालमा रहेका […]
२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा […]
बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ । विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट […]
दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । […]
काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख रुपैयाँ जरिवाना र चार वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक […]
काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो […]
महेश कुमार कार्की/काेल्टी१९ जेठ। बाजुरामा जारी निषेधाज्ञाकाे मौकामा कालोबजारी बढेको गुनासो भईरहेका बेला बुधबार बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ । निषेधाज्ञाकाे समयमा स्थानिय बजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भईरहेको जनगुनासाे बढेपछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । […]
नागरिक रैबार/बाजुरा १९ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो । विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै […]
९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि […]
धनगढी: सुदूरपश्चिमको ९ वटै जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा राखिएको नेपालको झन्डा च्यातिएको थियो।पुरानो झण्डा च्यातिएको धेरै समय भइसक्दा पनि कसैले वास्ता गरेका थिएनन्। तर बिहीबार एक अज्ञात समूहले उक्त झण्डा फेरेको छ। मुख नदेखिने गरि मुकुण्डो लगाएर आएको उक्त समूहले नेपालको झण्डा फेरेको हो। उनीहरु को हुन् र कहाँबाट आएका हुन् भन्नेबारे […]
धनगढीः सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमध्ये बझाङमा सबैभन्दा पहिले अक्सिजन प्लान्ट जडान हुने देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला हुने देखिएको छ। जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान […]
सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र […]
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा […]
१९ जेठ, काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो । यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले […]