होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • के हो साउनदेखि मोबाइल बन्द हुने वास्तविकता ? कसरी दर्ता गर्ने आइएमइआई ?
सूचना-प्रविधि

के हो साउनदेखि मोबाइल बन्द हुने वास्तविकता ? कसरी दर्ता गर्ने आइएमइआई ?

  • नागरिक रैबार
के हो साउनदेखि मोबाइल बन्द हुने वास्तविकता ? कसरी दर्ता गर्ने आइएमइआई ?

३१ असार, काठमाडौं । शुक्रबारबाट नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दैछ । विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आइएमइआई युनिक आइडेन्टिफाइड कोड हो । जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ । प्राधिकरणका उपनिर्देशक एवं उपकरण स्तरीकरण शाखाका प्रमुख दिनेश मैनालीका अनुसार साउनदेखि आइएमइआई दर्ता नगरेका मोबाइलहरु चरणबद्ध रुपमा बन्द गर्दै लैजाने नीति लिइएको छ ।

नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आइएमइआई पहिले नै दर्ता भएको हुन्छ । उपहार स्वरुप पाएको मोबाइल वा भन्सारको सिस्टमबाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन । त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले आग्रह गरेको छ । आफ्नो मोबाइलको आइएमइआई दर्ता गरे/नगरेको थाहा पाउन *#06# डायल गरेर पनि हेर्न सकिन्छ ।

विज्ञापन

अहिले आइएमइआई दर्ता गर्न शुल्क लाग्दैन । तर एमडिएमएस बाइ ल तयार पारेको छ । जसले निश्चित शुल्क तोक्ने तयारी गरेपनि अहिले तोकिसकेको छैन ।

के फाइदा हुन्छ आइएमइआई दर्तापछि ?

मैनालीका अनुसार आइएमइआई दर्ता गरेपछि त्यो मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा जोडिन्छ । यो सिस्टममा जोडिएपछि एकातर्फ भन्सार नतिरी ल्याइएका मोबाइललाई नियन्त्रण गर्न सजिलो हुन्छ भने प्रयोगकर्ताको कुनै बेला मोबाइल हरायो भने त्यो आइएमइआई नम्बरको मोबाइलमा कुन नम्बर जडान गरिएको छ ? त्यसको आधारमा हराएको मोबाइल पत्ता लगाउन पनि सकिन्छ । त्यसैले यो बहुउपयोगी प्रविधि हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि